ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले नक्कली कुलो खनेर महाकाली नदीको मुहान भन्दै अर्घेल्याईं गर्यो : ओली


ABC NEWS
२० श्रावण २०८०, शनिबार   २ : ३३   बजे

काठमाडौं २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले लिम्पियाधुरामा महाकाली नदीलाई सिमाना नमानेर अर्घेल्याईं गरिरहेको बताएका छन् ।

एमालेको विदेश विभागले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले लिम्पियाधुरामा महाकाली नदीलाई नेपाल र भारतबीचको सीमाना मान्नुपर्नेमा भारतले महाकालीबाट ल्याएको अर्को कुलोलाई सिमा भनेर अर्घेल्याई गरेको बताएका हुन् । ‘कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याई हो । त्यस्तो पनि गर्न हो रु छिमेकीले त्यस्तो त गर्नुभएन । हामीले हाम्रो दावी छाड्नु हुँदैन’ उनले भने ।

कालापानीमा भारतले ६१ वर्षअघि सेना ल्याएर राखेको भन्दै ओलीले विना सम्झौता, विना जानकारी एकतर्फी रूपमा सेना राखेको बताए । सरकारले पनि लिम्पियाधुरामाथि दाबी गर्न आनाकानी गरेको भन्दै ओलीले भने, ‘अहिले लिम्पियाधुरा लिपुलेक हाम्रो भन्नै हुँदैन भन्ने जस्तो भएको छ । तर दाबी छोड्न हुँदैन। उहाँहरूले ९भारतले० उपभोग गरिरहेको किन हो त रु’

नेपाल भारत प्रवुद्ध व्यक्ति समूह ९ईपीजी० को प्रतिवेदन आफैंले बुझ्ने तयारी गरेको तर सरकार छाड्नुपरेको ओलीले टिप्पणी गरे । ‘ईपीजी प्रतिवेदन म प्रम हुँदा बुझ्ने भनिएको थियो, नबुझ्ने भन्ने थिएन । तर मिती मात्रै तोकिएको थिएन । पछि मैले सरकार छाड्नुपर्‍यो’ उनले भने ।

ईपीपी प्रतिवेदन पहिले भारतीय प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि भारतीय प्रधानमन्त्रीले समय नदिएका कारण उक्त प्रतिवेदन हालसम्म सार्वजनिक भएको छैन ।
ओलीले छिमेकी राष्ट्रहरूसँग कुनै पनि प्रकारको तनाव नचाहेको बताएका छन् । तर छिमेकीबाट त्यस्तो व्यवहार भएको भन्दै ओलीले असन्तुष्टि जनाएका छन् ।

एमालेको परराष्ट्र मामिला विभागले शनिबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीतिसम्बन्धी नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठी ओलीले नेपालले छिमेकीहरूसँग तनाव नखोज्ने र नझेल्ने बताए ।

‘हामीले हाम्रा छिमेकीहरूसँग मित्रतापूर्ण ढंगले, स्पष्ट ढंगले हाम्रा न्यायोचित हितहरूको सन्दर्भमा स्पष्ट दृष्टिकोण पेस गर्नुपर्दछ । कुराकानी गरेर संवादको माध्यामबाट समस्या समाधान गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो देशले कुनै तनाव खोज्नै सक्दैन, झेल्नै सक्दैन । हामीले कहिल्यै भारतलाई, एक पटक पनि नाकाबन्दी गरेका छौं र ? एक पटक पनि गरेका छैनौं । चीनलाई हामीले नाकाबन्दी गरेका छौं ? तर भारतले त हामीलाई पटक-पटक गरेको छ ।’

नेपालको उत्तर र दक्षिणमा दुई ठूला छिमेको भएको र उनीहरूसँग ऐतिहासिक सम्बन्ध रहेको पनि ओलीको भनाइ थियो । दुवै छिमेकी सामान्यतयाः असल रहेको पनि उनले टिप्पणी थियो । मित्र राष्ट्रहरू भए पनि छिमेकमा भएपछि समस्या पैदा हुनसक्ने उनले बताए ।

‘सिमानाको समस्या गैर छिमेकीहरूसँग कहाँबाट हुन्छ ? अर्जेन्टिना, चिली वा जापानसँग हाम्रो कहाँको सीमासँग सम्बन्धित समस्या हुनु ? सीमा समस्या हाम्रो हुन्छ भने दुई छिमेकी देशसँग मात्रै हुनसक्छ, भारत र चीन । किनभने यिनीहरूसँग मात्रै सीमा जोडिएको छ । यिनीहरूसँग मात्रै हुँदाखेरी यो समस्या हुनसक्छ । नहुँदा नहुने कुरा हो,’ उनले भने, ‘हामीले हाम्रा छिमेकीहरूलाई खुलस्त कुरा गरेर, हामीले हाम्रा छिमेकी मित्र भन्दछौं, छिमेकी मित्र हुन् । एक त छिमेकी, जो बदल्न, सार्न सकिँदैन । अर्को, मित्र । अनि, मित्रसँग हामी बोल्न सक्दैनौं । आफ्ना मर्का राख्न सक्दैनौं । आफ्ना जायज हित बोल्न सक्दैनौं भने त्यस्तो सत्ताको के अर्थ भयो, सरकारको के अर्थ भयो ? कुरा गर्न सकिँदैन भने डेलिगेशनमा जानुको के अर्थ भयो ? किन जाने डेलिगेशन, यदि कुरै गर्न सकिँदैन भने ।’

त्यस्तै, ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणमा राष्ट्रिय स्वार्थप्रधान नभई सत्तास्वार्थमात्रै प्रधान भएको दाबी गरे । नेपाली आवश्यकता, नेपाली हित, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरी देखाएको आरोप लगाए । ईपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्ने ओलीको भनाइ थियो ।

‘अहिलेका प्रधानमन्त्री अस्ती भर्खर भारत जानुभयो । कुन–कुन सम्झौता गर्नुहुन्छ, केही पनि बताउनुभएन यहाँ । जे गर्नुपर्ने, त्यो केही पनि काम गर्नुभएन । दुई देशका बीचमा त्यत्रो सहमतिका साथ प्रबुद्ध व्यक्ति समूह बनाइयो । १९५० को सन्धिलगायतका विभिन्न सन्धि, सम्झौता र सम्बन्धहरुका विविध पक्षहरूको अध्ययन गरेर नेपाल र भारतबीचको सम्बन्धलाई आजको समयानुकूल न्याय र समानतामा आधारित उचित सम्बन्ध, सुमधुर र सदृढ सम्बन्ध कसरी बनाउने ? कसरी त्यसरुपमा विकास गर्ने, जो पारस्परिक लाभ र समानताको आधारमा होस्,’ उनले भने, ‘प्रधानमन्त्रीले त्यो कुरा उठाउनु भएन । हाम्रो भुगोलको बारेमा, हाम्रो सीमाको बारेमा जो भारतले विवादित बनाउन खोजेको छ । त्यस सम्बन्धमा टुंगो लगाउनु पर्दथ्यो, त्यो लागेन । यस्ता थुप्रै कुराहरू, आवश्यकता र भावना, नेपाली आवश्यकता, नेपाली हित नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरूको सन्दर्भमा यति कमजोरी देखाइयो, सत्तास्वार्थ प्रधान भयो, राष्ट्रिय स्वार्थप्रधान भएन ।’

राष्ट्रको परराष्ट्र नीतिमा राष्ट्रिय सहमति बनाउनुपर्ने ओलीको भनाइ थियो । सरकारले मनपरी गर्दै गएमा राष्ट्रिय सहमति नहुने र तर राष्ट्रिय हितका प्रस्ताव आएमा एमालेले पनि समर्थन गर्ने ओलीको भनाइ थियो ।

‘राष्ट्रिय हीतको पक्षमा सरकारले कुरा ल्याओस् । सरकार पक्षले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन् । हामी राष्ट्रिय हीतको पक्षमा जोसुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौं,’ उनले भने, ‘एकताबद्ध भएर अगाडि जान तयार छौं । राष्ट्रिय हित छोडेर सहमति हुने कुरामा एमाले तयार हुँदैन ।’
उनले नेपालले विगतदेखि असंलग्न परराष्ट्र नीति अपनाएको उल्लेख गर्दै देशको बृहत्तर र ‘लङलास्टिङ’ प्रभाव राख्न ‘न्युट्रालिटी’ राख्नुको विकल्प नभएको समेत बताए ।

‘हाम्रो असंलग्न परराष्ट्र नीति यताउति ढल्किने कुरा हुँदैन । हाम्रो देशको बृहत्तर र लङलास्टिङ प्रभाव हेर्ने हो भने हाम्रो लागि न्युट्रालिटी मेन्टेन गर्न आवश्यक छ । हामीलाई जति तटस्थ भूमिका निभाउन सक्यौं, त्यति देशको हित हुन्छ,’ उनले भने, ‘संयुक्त राष्ट्रको स्थापना, वडापत्र र त्यसका मान्यताहरूअनुसार चल्ने हाम्रो प्रतिवद्धता, असंलग्न राष्ट्रहरूको संगठन र सम्मेलनबाट पारित सिद्धान्तहरूलाई हामीले यहीकारण मान्दै आएका हौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group