ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैठक वाद, विवाद र संवादको केन्द्र र उत्साहपूर्ण : अध्यक्ष प्रचण्ड


ABC NEWS
२० श्रावण २०८०, शनिबार   ८ : ५४   बजे

काठमाडौँ २० साउन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाद, विवाद र संवादमा केन्द्रीय समिति बैठक सम्पन्न हुने बताएका छन् ।

शनिवार साँझ बैठकस्थलबाट बाहिरिने क्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले लोकतन्त्र वा जनवाद जे भने पनि धेरै ठुलो अभ्यास भएको बताए । उनले बैठकपछि पार्टी एक ढिक्का भएको महसुस सबैले गरेको बताए ।

‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ । वाद, विवाद र संवादमा यो बैठक टुंगिदैछ’, प्रचण्डको भनाई छ । माओवादी नेतृ रेखा शर्माले माओवादी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम लगभग सकिएको बताइन् ।

‘नेताहरूले बोल्ने क्रम लगभग सकियो, आज ७४ जनाले बोल्नुभयो, उनले भनिन्, ‘बोल्ने धेरैजसो नेताले मूलभूत रूपमा पार्टी अध्यक्षको डकुमेन्टको मूल स्प्रिटमा सहमति जनाउनुभएको छ, सरकारका कामलाई धन्यवाद दिनुभएको छ र पार्टी निर्माणमा ठोस अवधारणा आउनुपर्‍यो भन्नुभएको छ ।

उनले अब सबै नेता कार्यकर्ता पार्टी निर्माणको महाअभियानमा जानुपर्ने र त्यसरी जाँदा ठोस र मूर्त कार्य योजना लिएर जानुपर्ने मत बलियो रहेको बताइन् ।

उपाध्यक्ष कृष्णबहादुर महराले पार्टीको नेतृत्वमा अध्यक्ष प्रचण्ड निर्विकल्प भएको नेताहरूको धारणा आएको बताए । उनले भ्रष्टाचारका फाइलहरू खोतल्दै जानुपर्ने र दोषी भए सजायको भागी हुनुपर्ने बताए । ‘भ्रष्टाचारका फाइल खोल्दै जानुपर्छ, दोषी भए कारबाहीको भागी हुनुपर्छ’, महराको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group