ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस र माओवादीको पिछलग्गुजस्तो भयो एकीकृत समाजवादी : झलनाथ खनाल


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   १ : १३   बजे

काठमाडौं, २१ साउन ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीमा विद्रोह गर्दाताकाको जस्तो उमंग नरहेको बताएका छन् । हिजोदेखि सुरु स्थायी कमिटी बैठकमा उनले विद्रोह गर्दाको शक्ति पनि अहिले पार्टीमा नरहेको उल्लेख गरेका छन् ।

पार्टीका उत्साहित विद्यार्थीले समेत दिशाहीन महसुस गरिरहेको उनको बुझाइ छ । “विद्रोह गरेको बेला युवा र विद्यार्थीहरूमा जुन उत्साह, जाँगर र अठोट थियो, आज यी क्षेत्रमा त्यो देखिँदैन । उनीहरू दिशाहीनजस्तो महसुस गरिरहेछन् । तर, अझै पनि उनीहरू पार्टीले सही नीति ल्याउँछ कि भनेर पर्खिरहेका छन्,” उनले बैठकमा प्रस्तुत गरेको लिखित धारणामा उल्लेख छ ।

नेकपा एमालेभित्र विद्रोह गरेर अलग हुँदाको जस्तो एकीकृत समाजवादीको संसदीय दल र शक्ति अहिले संघ र प्रदेश दुवैमा रहेको उनको टिप्प्पणी छ ।

“विद्रोह गर्दा हामी राष्ट्रिय पार्टी मानिएका थियौँ, आज यो पनि छैन,” उनले भनेका छन्, “विद्रोह गर्दा पार्टी वरिपरि जुन जनमत थियो, त्यो पनि खुम्चिँदै गएको छ ।

तीन क्षेत्रमा उपनिर्वाचन हुँदा समेत पार्टीले आफ्ना उमेदवारसम्म उठाउन नसकेर निरीह देखिएको उनले उल्लेख गरेका छन् ।

उनले सांसदको भूमिकामाथि पनि प्रश्न उठाएका छन् । “संसद्मा पनि हाम्रो प्रभावकारी र क्रान्तिकारी ढंगले संसदीय संघर्ष भएको महसुस हुँदैन । अधिकांश सांसदले त बोलेकै सुनिँदैन,” खनालले बैठकमा भने ।

एकीकृत समाजवादी र एमालेबीच सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता देखाउन नसकिएको उनको भनाइ छ ।

“हाम्रो पार्टी र विद्रोह गरिएको पार्टी ९एमाले०का सैद्धान्तिक र नीतिगत सवालमा भिन्नता के छ, देखाउन सकिएको छैन । हाम्रो पार्टीमा पनि जबजकै धङधङी छ र एमालेमा पनि जबजकै धङधङी छ,” उनको लिखित धारणामा उल्लेख छ, “त्यसले गर्दा पनि ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिन्छ । किन यस्तो भइरहेको छ रु हामीभित्र कहाँ कमजोरी छ रु कुन कमजोरीका कारणले यस्तो भइरहेको छ रु हामीले यी सम्पूर्ण कमी–कमजोरीहरूलाई क्रान्तिकारी वर्ग दृष्टिकोणका आधारमा विश्लेषण गर्नुपर्छ, तिनीहरूलाई निर्ममतापूर्वक हटाउनुपर्छ । वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट यस्ता कमजोरीहरूलाई हटाएर हामीले हाम्रो पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्छ र प्रधान अर्न्तविरोध र प्रधान प्रतिद्वन्द्वीका विरुद्ध क्रान्तिकारी धारलाई सोझ्याउँदै अघि बढ्नुपर्छ । तब मात्र पार्टीपंक्तिमा नयाँ उत्साह, उमंग र जोसको सञ्चार हुनेछ ।”

उनले गएको स्थानीय तह निर्वाचनको समीक्षामा पार्टी नेकपा ९माओवादी केन्द्रको पिछलग्गुजसरी अघि बढेको आरोप पनि लगाएका छन् ।

“आखिर हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गुजस्तो भएर अघि बढ्यो,” खनालको भनाइ छ ।

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस र माओवादीले धोका दिँदा कार्यकर्ताहरू निराश भएर एमालेतिरै फर्कने चिन्ता बढेको पनि उनले उल्लेख गरेका छन् ।

“नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदाता मात्र बनाए । त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराइदियो,” उनले भनेका छन्, “कार्यकर्ताहरू देशव्यापी रूपमा निराश भए । त्यसपछि ‘बरु एमालेतिरै जाने’ भन्ने चिन्तनको विकास हुन थाल्यो र पलायन बढ्दै गयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group