ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘क्विन्टल सुन तस्करी प्रकरण’मा हङकङ भन्सारले गरेन सहयोग


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   १ : ४६   बजे

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानमा हङकङ भन्सारले प्रतिवद्धता गरेअनुसार सहयोग नगरेको पाइएको छ ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको उक्त सुनको अनुसन्धान लागि भन्सार विभागले साउन  गते पत्र पठाएर हङकङ भन्सारसँग सहयोग मागेको थियो ।

जवाफमा हङकङ भन्सारले साउन १२ गते अनुसन्धानमा सघाउने प्रतिवद्धता जनाउँदै विभागसँग ‘एयर वे बिल’ पूर्ण विवरण मागेको थियो । यो भनेको जहाजबाट सामान ल्याउँदाको सम्पूर्ण कागजात हो । विभागले सोही दिन एयर वे बिल हङकङ भन्सारलाई पठाएको थियो ।
एयर वे बिल पठाएको एक साता बितिसक्दा पनि हङकङ भन्सारले उक्त सुन प्रकरणसँग सम्बन्धित जानकारी विभागलाई दिएको छैन ।

“हङकङ भन्सारले सहयोग गर्नुपर्ने हो । तर, एयर वे बिल पठाएपछि अहिलेसम्म कुनै पत्र हामीलाई पठाएको छैन,” भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले बाह्रखरीसँग भने, ‘हामी फेरि पत्र पठाउँछौँ ।

हङकङ भन्सारलाई नेपालको पत्र– ब्याट्री भनेर किन सुन पठाएको ।
साउन ३ गते हङकङबाट ब्रेक सुमा तस्करी भएर आएको करिब एक क्विन्टल सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भइसकेपछि राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

ब्रेक सुको तौल १५५ केजी रहेको छ । तर, त्यसमा सुनको मात्रा कति छ हालसम्म जोखिएको छैन । सुन अहिले राष्ट्र बैंकले राखेको छ ।

हङकङबाट ठूलो मात्रामा सुन तस्करी भएर आएपछि भन्सार विभागले हङकङ भन्सारलाई पत्र पठाएर सोधेको थियो– यति ठूलो मात्रामा सुन पठाउँदा जाँच किन भएन रु हङकङ भन्सारको एक्सरे मेसिनले किन थाहा पाएन । सुन तस्करहरुलाई सहयोग हुने गरी सामान किन पठाइयो रु लिड विथआउट ब्याट्री भनेर किन सुन पठाएको रु

विभागले विभिन्न प्रश्न उठाएपछि हङकङ भन्सारले अनुसन्धानमा सहयोग गर्ने जनाउँदै विभागसँग एयर वे बिल मागेको थियो । विभागले एयर वे बिल पठाएपछि हङकङ भन्सारले कुनै जानकारी नदिएको महानिर्देशक पौडेलले जनाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu