ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी बैठकमा प्रचण्डले भने( भ्रष्टाचारविरोधी अभियानको नेतृत्व माओवादीले नै गर्नुपर्छ, साथ दिनुहोला दोषी कसैलाई पनि नछाड्ने प्रतिवद्धता


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   ४ : २८   बजे

काठमाडौं, २१ साउन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरोधी अभियान भइपरी नभई योजनावद्ध तरिकाले सञ्चालन गरिएको दाबी गरेका छन्।
आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका प्रचण्डले सरकारको सो अभियानलाई साथ दिन निर्देशन समेत दिएका छन्।

‘यो भ्रष्टाचार विरोधी अभियान भइपरी आएर गरेको होइन। योजनावद्ध तरिकाले लिएर जाने र त्यसको नेतृत्व माओवादीले नै गर्नुपर्छ,’ अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने।

साथै, उनले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने दाबी गरे। उक्त अभियान यतिकै नछाड्ने प्रतिवद्धता बैठकमा प्रचण्डले गरेको ती सदस्यले जानकारी दिए।

‘माओवादीले गरेन भने त्यसको नेतृत्व अरु कसैले गर्न सक्दैन भनेर योजनावद्ध तरिकाले अघि बढेका हौं,’ प्रचण्डले बैठकमा भने, ‘हामी यसलाई त्यतिकै छाड्दैनौं, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu