ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेतृत्वको वरिपरि गोलबद्ध हौं – प्रचण्ड


ABC NEWS
२१ श्रावण २०८०, आइतबार   ४ : ४४   बजे

काठमाडौँ २१ साउन । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधामन्त्री पुष्पकमल दाहालले केन्द्रीय कमिटी बैठकपछि पार्टी भावनात्मकरूपमा नै एकताबद्ध भएको दाबी गरेका छन् । पार्टीको मूल नेतृत्वको वरिपरि सबै नेतृत्व गोलबन्द भएको दाहालको भनाइ थियो ।

पार्टी केन्द्रीय समितिको बैठकको समापन गर्दै आइतबार दाहालले सरकारले गरेका राम्रा कामको प्रचारप्रसार गर्दै जनतामा जानुपर्ने पनि बताएका छन् ।

‘बैठकमा प्रवेश गर्दा पार्टीका नेताबीच पनि आशंका, अविश्वास हो कि भन्ने थियो । यो बैठकबाट निक्लिँदै गर्दा मिडियाका साथीहरूले पनि थाहा पाइसक्नुभएको छ हामी एकढिक्का भएका छौं । हामी कुनै पनि खालको विधि, पद्धतिबाहिर जाने छैनौं,’ उनले भने, ‘विचार र राजनीतिमा मात्रै गोलबन्द भएका छैनौं कि हामी सबैको निम्ति यो खुसी र गर्वको कुरा हो, हामी भावनात्मकरूपमा पनि एकताबद्ध भएका छौं ।’

पार्टीले सरकारले गरेका कामका साथै परिवर्तनका उपलब्धिको पनि स्वामित्व लिने गरी जनतामा जानुपर्ने दाहालको भनाइ थियो । ुमाओवादीले फेरि देशको नेतृत्व लिनेगरी अगाडि बढ्नेछौं । हामी यसै पनि युगान्तकारी परिवर्तनको नेतृत्व लिने पार्टी हौं । बीचमा कताकता केही अन्योलमा परेजस्तो भएको थियो । यो बैठकले पार्टी र देशलाई उज्यालो दिएको छ,’ उनले भने ।

पार्टी केन्द्रीय समितिको बैठकमा लोकतन्त्र र जनवादको उच्चतम अभ्यास भएको उनले बताए । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को घोषणा गर्दै दाहालले नेपालका सबै घरमा पार्टी नेताहरूलाई गएर सुशासनलगायतका पक्षमा सरकारले चालेका कामको प्रचार गर्न भनेका छन् । उनले आफू पनि सात प्रदेशका सातवटा वडामा जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ओएन्डएम सर्वेक्षणपछि संघीय सरकारका २ हजार ५७७ कर्मचारी पद कटौती

‘पाथीभरा माता’ दाबी गर्दै झारफुक गर्ने समीर थापा पुर्पक्षका लागि जेल चलान

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu