ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सय किलो सुन प्रकरण : राजस्वले सीआईबीलाई बुझायो पक्राउ परेका १७ अभियुक्त र अनुसन्धान फाइल


एबीसी न्यूज
२१ श्रावण २०८०, आइतबार   ५ : ०२   बजे

काठमाडौं, २१ साउन । गत साउन ३ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब एक सय किलो सुन र उक्त प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी मा बुझाएको छ।

अहिलेसम्म संकलित अनुसन्धानका प्रमाणहरु, अनुसन्धानको फाइल जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा र पक्राउ परेका १७ जनालाई सीआईबी पठाउन लागिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले नेपालखबरलाई जानकारी दिए।

‘हामीले पक्राउ गरेका सबै आरोपिहरु, हामीले संकलन गरेका प्रमाण र अहिलेसम्मको अनुसन्धान फाइल जस्ताको तस्तै सीआईबीमा पठाउँदै छौं’, ढुंगानाले भने।

सुनकाण्डमा कसरी जोडिए कृष्णबहादुर महराका बाबुछोरारु
सरकारले गत बिहीबार मात्रै राजस्वले अनुसन्धान गरिरहेको यो प्रकरणको थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिने निर्णय गरिसकेको छ।

सरकारको उक्त निर्णयपछि आइतबार राजस्वले अनुसन्धानका सबै फाइल र पक्राउ परेकाहरुलाई समेत प्रहरीमा हस्तान्तरण गर्न लागेको हो।

उता प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पनि अनुसन्धान अधिकृत तोकिसकेको छ।

नासुको बयान स् विमानस्थल भन्सारमा तस्करीको सुनसँग यसरी साटियो इलेक्ट्रिक सिगरेट
डीएसपी दुर्गाराज दाहालको नेतृत्वमा शुक्रबारदेखि नै अनुसन्धान सुरु भइसकेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

अहिले खासगरी टेक्निकल पाटोबाट हेरिरहेको बताउँदै उनले राजस्वबाट फाइल आइसकेपछि अनुसन्धान अगाडि बढाउने विधिबारे प्रष्ट हुने एआईजी बज्राचार्यले जानकारी दिइन्।

राजस्वले फरक मितिमा यो प्रकरणमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरेको छ। तीमध्ये एकजना बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको छ।

पक्राउ पर्नेहरुमा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल, दिलीपका मामा रामकुमार भुजेल र दिलीपलाई कम्पनी खोल्न लगाउने हर्कराज राई रहेका छन्।

यस्तै तिब्बतीमूलका भारतीय नागरिक थुप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, कार्गो कम्पनी सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट, भन्सार अधिकृत सन्तोष चन्द, एक्सरे अपरेटर सरोज श्रेष्ठ र भन्सार जाँचमै संलग्न कुमार ढकाल पक्राउ परेका छन्।

सुन तस्करी प्रकरण अनुसन्धान अब सीआईबीले गर्ने
तस्करीको सुन भन्सार पास गर्न सहयोग गरेको भन्दै भन्सार एजेन्टहरू यादव शंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बा पक्राउ परेका थिए। तर सुब्बा क्यान्सरको बिरामी भएकाले छाडिएको छ।

चिनियाँ नागरिक लिनलाई भाडामा गोदाम खोजिदिने नुवाकोटका सन्तोष तामाङ पनि पक्राउ परेका छन्।

तस्करीको सुन गायब गर्ने भन्सारका कर्मचारीसहित ५ जना कारागार चलान
उनीहरुलाई यसअघि ललितपुर परिसर र सानेपा प्रभागको हिरासतमा राखेर राजस्वले अनुसन्धान गरिरहेको थियो। तर अब सीआईबीमा पठाउने भएको हो।

अब बाँकी अनुसन्धान गर्ने जिम्मा सीआईबीको हुनेछ। संलग्न देखिएका थप व्यक्तिलाई पनि सीआईबीले नै पक्राउ गर्नेछ।

पक्राउ परेकाहरुविरुद्ध सीआईबीले राजस्व छली र संगठित अपराधमा एकसाथ अनुसन्धान अघि बढाउने भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group