ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरण : संसदीय छानबिन समिति नबनाइने


एबीसी न्यूज
२२ श्रावण २०८०, सोमबार   १ : २८   बजे

काठमाडौं, २२ साउन । करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति नबनाइने भएको छ । आइतबार बिहान सिंहदरबारमा बसेको सत्तारूढ दल नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकमा यस्तो समिति नबनाउने निष्कर्ष प्रस्तुत गरिएको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार मातहतको निकायले नै छानबिन गर्ने भन्दै छुट्टै समिति नबनाइने बैठकमा जानकारी गराए ।

सरकार मातहत निकायको अनुसन्धान चित्त नबुझे मात्र संसदीय छानबिन समितिको माग गर्नु उचित हुने माओवादी सांसद लेखनाथ दाहालले बताए ।

नेकपा एमालेले सो प्रकरण छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग गरिरहेको छ ।

“अहिले छानबिन समिति केका लागि भन्ने हुन्छ । सरकारका निकाय छन्, जसका काम नै छानबिन गर्ने छ । सीआईबी, अख्तियार, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण विभाग छन्, तीनलाई नै विश्वास गरौँ । छानबिन समिति टुंगिएपछि प्रतिवेदन चित्त बुझेन, छानबिन प्रक्रिया गहिराइमा पुगेन भने अर्कोे छानबिन समिति माग गर्नु स्वाभाविक हो,” उनले बाह्रखरीसित भने ।

एमालेले छानबिन प्रक्रिया गिजोल्न समितिको माग गरिरहेको उनको आरोप छ ।

“छानबिन समितिको माग गरिरहनुभएको छ, छानबिन प्रक्रियालाई प्रभाव पार्ने र छानबिन नगर्ने, अपराधीसम्म नपुग्ने उद्देश्यले उहाँहरूले यो विषय गिजोल्न खोजेकाले छानबिनको प्रक्रिया सरकारका मातहतका निकायबाट हुन्छन्,” उनले भने, “छुट्टै छानबिन समिति गठन गरिँदैन भन्ने कुरामा प्रस्ट भएका छौँ ।”

बैठकमा संसद्‌मा सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu