काठमाडौं, २३ साउन । अविरल वर्षासँगै काठमाण्डुको धोबीखोलामा आएको बाढी अनामनगरको बस्तीमा परेको छ । धोबी खोलाले जल सतह पार गरी बस्तीमा पसेको हो । नदी आसपासका सयौं घर डुबानमा परेका छन् ।
धोबी खोला करिडोरसहित बस्तीभित्रका सडकमा बाढी पसेका कारण सवारी साधन गुड्न सकेका छैनन् ।







प्रतिक्रिया दिनुहोस्