ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी–पहिरोको कहर: काठमाडौँ प्रवेश गर्ने सबै नाका अवरुद्ध


ABC NEWS
२३ श्रावण २०८०, मंगलबार   १० : ०६   बजे

काठमाडौं २३ साउन । अविरल वर्षापछि आएको बाढी पहिरोको कारण काठमाडौं प्रवेश गर्ने सबै सडक अवरुद्ध भएका छन्।

काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग नारायणगढ मुग्लिनसहितका सबै सडक बाढी पहिरोका कारण अवरुद्ध भएका हुन्।

नारायणगढ–मुग्लिन, बर्दिबास– सिन्धुली–बनेपा, हेटौँडा–कुलेखानी–बल्खु, कान्ति लोकपथसहित सबैजसो सडक पहिरोले अवरुद्ध हुँदा गएरातिदेखि नै काठमाडौं आवतजावत रोकिएको छ।

सडक अवरुद्ध हुँदा हजारौँ यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

चितवनको इच्छाकामना गाउँपालिका( ६ कालीखोलामा पहिरो खसेपछि नारायणगढ(मुग्लिन सडकखण्ड मंगलबार बिहानदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी रामेश्वर कार्कीले जानकारी दिए।

त्यसैगरी बाढी पहिरोको कारण बर्दिबास–सिन्धुली–बनेपा सडक पनि अवरुद्ध भएको छ।

यो सडक अन्तर्गत बर्दिबास भिमान खण्डमा पर्ने चोरखोला र नेपालथोक(दुम्जा खण्डमा अहिले सवारी साधनको आवतजावत रोकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए।

‘चोरखोलामा ठूलो बाढी आउँदा बिहानैदेखि सडक अवरुद्ध छ,’ एसपी सिलवालले नेपालखबरसँग भने, ‘सिन्धुलीको दुम्जामा माथिबाट बगेर आएको लेदो माटो सडकमा थुप्रिदा यातायात चल्न सकेका छैनन्।’

त्यसैगरी नेपालथोक र काभ्रेको नमोवुद्ध क्षेत्रमा पनि ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए।

‘पहिरो र लेदोमाटो हटाएर सडकमा सबारी साधन सञ्चालनको प्रयास भइरहेको छ। तर, पानी पर्न नरोकिएकाले काम प्रभावकारी हुन सकेको छैन,’ उनले भने।

पहिरो पन्छाउन नेपालथोक र दुम्जामा जेसिभी सडकमै राखिएको छ।

त्यसैगरी ठाउँठाउँमा पहिरो खसेपछि काठमाडौंलाई हेटौँडासँग जोड्ने दुईवटा छोटा सडकखण्ड पनि अवरुद्ध भएका छन्।

हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र हेटौँडा भिफेदी–कुलेखानी–काठमाडौँ सडक पनि गएरातिदेखि नै अवरुद्ध छन्।

कान्ति लोकपथमा पर्ने मकवानपुरको बकैया गाउँपालिका ११ लामराङमा गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

पहिरोले सडक अवरुद्ध भएपछि यो राजमार्ग हुँदै काठमाडौं–हेटौँडा आवतजावत गर्ने यात्रु बिचल्लीमा परेका छन्।

त्यसैगरी ठाउँ ठाउँमा पहिरो खस्दा हेटौँडा–कुलेखानी–बल्खु सडक पनि अवरुद्ध भएको छ।

यो सडक खण्डमा पर्ने मकवानपुरको भिमफेदी गाउँपालिका– २ ज्यालटारमा पहिरो जाँदा हेटौँडा–बल्खु सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।

वर्षाका कारण पहिरो खसेर बाटो अवरोध भएको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu