ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन तस्करी प्रकरण : उच्चस्तरीय छानबिन समिति नबनाइए एमालेले फेरि संसद्‍ अवरोध गर्ने


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   २ : १९   बजे

काठमाडौं २३ साउन । गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन सरकार तयार नभए प्रमुख प्रतिपक्षी नेकपा एमालेले फेरि संसद्‍मा अवरोध गर्ने भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकपछि बोल्दै एमालेका सचेतक महेश बर्तौलाले यसबारे जानकारी दिएका हुन्।

‘गृहमन्त्री नारायणकाजी श्रेष्ठ संसद्‍मा आउन खोज्ने तर एमालेले आउन दिएन भनेर भ्रम छर्ने काम गरियो’, उनले भने, ‘गृहमन्त्रीको जवाफसँगै हाम्रा माग पनि समेटिएर आउनुपर्छ। यदि हामीले उठाएका उच्चस्तरीय छानबिन समितिको माग सम्बोधन भएनन् भने हाम्रो आन्दोलन जारी रहन्छ।’

बर्तौलाले सुन तस्करको नेक्सस र अन्तर्राष्ट्रिय जालो पत्ता लगाउन पनि उच्चस्तरीय समिति चाहिने बताए।

‘नेपाल सुन तस्करका लागि स्वर्ग भएको छ। सरकार पक्षका मान्छेहरु सुन तस्करीमा एकपछि अर्को जोडिएपछि उच्चस्तरीय छानबिन समिति बनाउन डरायो’, उनले भने, ‘सरकारले सुन तस्करलाई जोगाउन खोज्यो। सरकारकै संरक्षणमा तस्करी भएको हो।’

एमालेले हङकङबाट तस्करी भएर सुन आउन लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई थाहा हुँदा हुँदै पनि विमानस्थल भित्रबाट नसमातिनु रहस्यपूर्ण रहेको जनाएको छ।

‘राजस्व अनुसन्धान विभागका प्रमुखले उक्त सुन समातिसकेपछि प्रधानमन्त्रीलाई १० दिनअघि नै सूचना रहेको भनिसकेका छन्’ , उनले भने, ‘यो सेटिङको जालोमा सरकार परेको छ। यसमा एमालेलाई गलाउने र जनतामा भ्रम छर्ने काम गरिरहेको छ। तर सरकारकै संरक्षमा सुन तस्करी भइरहेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu