ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोल्पाबाट दाङ आउँदै गरेको बस दुर्घटना, १५ जना घाइते


ABC NEWS
२३ श्रावण २०८०, मंगलबार   २ : ३०   बजे

काठमाडौं २३ साउन । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ।

मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका–७ को तिला भन्दा झन्डै ३ किलोमिटर टाढा बस दुर्घटनामा परेको हो।

बस दुर्घटनामा परी १५ यात्रु घाइते भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारू मगरले जानकारी दिए। उनका अनुसार तीन जनाको अवस्था गम्भीर छ।

‘हामीले घाइते १० पुरूष र पाँच महिला उद्धार गरी स्थानीय मेडिकल र स्वास्थ्य चौकीमा उपचारका लागि पठाइसकेका छौं,’ उनले भने, ‘घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ।’

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको उनले बताए।

रोल्पा बागमाराबाट घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस शहीद मार्गअन्तर्गत सडकबाट करिब ९० मिटर तल खसेको प्रहरीले बताएको छ।

चालक फरार रहेपनि दिउँसो २ बजे सशस्त्र प्रहरीको सम्पर्कमा पुगेको खबर आएको डिएसपी मगरले बताए।
वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group