ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघको मनोनयनमा सिटौला समूहको असन्तुष्टि, विद्रोह गर्ने चेतावनी


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   २ : ४४   बजे

काठमाडौं २३ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा गरेको मनोनयनलाई लिएर नेता कृष्णप्रसाद सिटौला समूहले आपत्ति जनाएको छ।

दुजाङ शेर्पालाई सभापतिमा मनोनयन गरेको डेढ वर्षपछि नेविसंघमा ७१९ जनालाई सोमबार केन्द्रीय समिति सदस्य बनाएका थिए।

तर सिटौला समूहले उक्त मनोनयनप्रति आपत्ति जनाउँदै समानान्तर समितिको अभ्यासमा जाने चेतावनी दिएको हो।

बागमती प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत रहेका नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले यो मनोनयनबाट संगठन अघि बढ्न नसक्ने बताए।

सिटौला समूहका नेविसंघ नेता मनिष सिंखडाले हिजो विद्यार्थीका सारथि भएका, विश्वविद्यालयमा गहन रुपमा काम गरेका, आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाएर बनाइएको समितिको औचित्य नहुने बताए।

‘हिजो संघर्ष गरेका देशभरका संघर्षशील साथीहरूलाई छुटाएर नेताको खल्तीबाट मनोनित गरिएको छ’, उनले भने, ‘यति ठूलो जम्बो कमिटी बनाउँदा पनि संगठनका लागि योगदान दिएकाहरुलाई छुटाउनु राम्रो होइन।’

सिंखडाका अनुसार त्रिभुवन विश्वविद्यालयका नेता योगेन्द्र रावल, शंकरदेव क्याम्पसका नेता दीपक ओझा, जनमैत्री क्याम्पसका इकाइ अध्यक्ष निराजन शाही, आईओएम टिचिङका नेता सुमित बोहोरासहित कम्तीमा २० जना छुटेका छन्।

नेविसंघ झापाकाा नेता नवराज ढकाल र डडेल्धुराका नेता दुर्गा कापडीसहितको नाम छुटेको भन्दै सिंखडाले विद्रोहको चेतावनी दिएका हुन्।

उनले नेताको नजिक भएका र हिजो संगठनमा योगदान नै नदिएकालाई केन्द्रीय सदस्य बनाउने सभापति देउवाको कदमविरुद्ध विद्रोह गर्ने चेतावनीसमेत दिएका छन्।

विदेश जाने पनि समितिमा
देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेकाहरुमा केही विदेश गइसकेकाहरु पनि परेका छन्।

केन्द्रीय सदस्यमा मनोनित किरण भण्डारी, डा। रितेश चिमोरिया, अमृत वस्ती र रविन ढुङ्गाना लगायतका केही नेता विदेशमा छन्।

तदर्थ समितिमा राखिएपछि ढुङ्गानाले आफू समितिमा बस्न असमर्थ रहेको सामाजिक सञ्जालमा लेखेका छन्। दुई वर्षअघि नै तदर्थ समितिका लागि नाम दिए पनि अहिले राखिएको उनले गुनासो गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group