ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैपटकमा क्युबादेखि अमेरिका र चीनको भ्रमण गर्ने प्रधानमन्त्री प्रचण्डको योजना


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   ३ : ५०   बजे

काठमाडौं २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले भदौ अन्तिम सातादेखि असोज पहिलो सातासम्म एकै पटकमा तीन मुलुकको भ्रमण गर्नसक्ने सम्भावना बढेको छ। क्यारिबियन मुलुक क्युबादेखि संयुक्त राज्य अमेरिका र सीमा जोडिएको नेपालको छिमेकी मुलुक चीनसम्मको भ्रमण हुने सम्भावना बढेको हो।

यसमध्ये प्रधानमन्त्री प्रचण्ड न्युयोर्क अमेरिका मा हुने संयुक्त राष्ट्रसंघको महासभा र राष्ट्रसंघ अन्तर्गत दिगो विकास लक्ष्यसम्बन्धी समिटका लागि अमेरिका जाने योजनामा छन् भने त्यसअघि चीनसहित विभिन्न विकासोन्मुख मुलुकहरुको शिखर सम्मेलनका लागि क्युबाको राजधानी हवाना पुग्ने सम्भावना छ।

न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघीय महासभालगत्तै प्रधानमन्त्री प्रचण्डले सन् २०२३ को संस्करणको एसियाली खेलकुद प्रतियोगिताको उद्घाटनमा समारोहमा भाग लिने र त्यसपछि चीनको औपचारिक भ्रमण सुरु गर्ने योजना बनाएका छन्। न्युयोर्क र चीन भ्रमणको समय तालिका मिलाउन थोरै कठिन देखिएको छ।

यसमध्ये चीन सहित विभिन्न विकासोन्मुख मुलुकहरुको समूह जी–७७ को शिखर सम्मेलन आगामी सेप्टेम्बर १५–१६ ९२९–३० भदौ० क्युबाको राजधानी हवानामा हुँदैछ। संयुक्त राष्ट्रसंघको सदस्य रहेका विभिन्न ७७ विकासशील मुलुकहरुले सन् १९६४ मा स्थापना गरेको जी–७७ मा चीन पनि आवद्ध छ।

यस वर्ष जी–७७ स्थापनाको ६० औँ वर्ष पनि पुग्ने भएकाले यसलाई महत्वपूर्ण मानिएको छ। जी–७७ मुलुकहरुको समूह भनिएपनि हाल यो समूहमा संयुक्त राष्ट्रसंघका १ सय ३४ सदस्य मुलुक आवद्ध भइसकेका छन्।

‘राष्ट्रसंघीय महासभा र दिगो विकास लक्ष्यसम्बन्धी समिट भन्दा ठिकअघि जी–७७ राष्ट्रहरुको शिखर सम्मेलन क्युबामा हुने र त्यहाँबाट न्युयोर्क पनि नजिक पर्ने भएकाले प्रधानमन्त्रीको चाहना त्यहाँ क्युबा पनि जाने देखिन्छ,’ स्रोतले भन्यो, ‘खासगरी जी–७७ विकासोन्मुख मुलुकहरुको समूह भएको त्यसको शिखर सम्मेलनमा सहभागी हुँदा भूराजनीतिक उल्झनमा पनि नपरिने भएकाले हवाना ९क्युबा० पनि जाने चाहना प्रधानमन्त्री प्रचण्डले बनाउनु भएको हो।’

हवानामा जी–७७ राष्ट्रहरुको शिखर सम्मेलन समाप्त भएलगत्तै राष्ट्रसंघीय मुख्यालय रहेको न्युयोर्कमा नै दिगो विकास लक्ष्य सम्बन्धी शिखर सम्मेलन ९एसडीजी समिट १८–१९ सेप्टेम्बर १–२ असोज मा सुरु हुँदैछ।

राष्ट्रसंघले सन् २०३० सम्ममा विश्वभर दिगो विकास लक्ष्य हासिल गर्ने योजना बनाएको छ, जस अनुसार सन् २०२३ भित्रमा त्यसको आधार लक्ष्य हासिल गरिसक्नेछ। त्यसैले पनि यस पटकको समिटलाई महत्वपूर्ण मानिएको छ।

राष्ट्रसंघीय महासभामा जाने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री प्रचण्ड आफैँले गर्ने भए भने उनी एसडीजी समिटमा समेत भाग लिने गरी न्युयोर्क जानेछन्। १–२ असोज १८–१९ सेप्टेम्बर मा हुने एसडीजी समिट सकिएलगत्तै ३ असोज २० सेप्टेम्बर० राष्ट्रसंघीय महासभा सुरु हुने भएकाले उनी दुवै कार्यक्रम भ्याउने गरी न्युयोर्क जाने योजनामा देखिएका हुन्।

राष्ट्रसंघीय महासभामा नेपालका प्रधानमन्त्रीले सम्बोधन गर्ने मिति ३ असोज २२ सेप्टेम्बर का लागि परेको छ। चीन भ्रमण सहज बनाउन सम्भव भएसम्म प्रधानमन्त्री प्रचण्डको सम्बोधन एक दिन अगाडि सार्ने प्रयास भइरहेको छ। २३ सेप्टेम्बर ५ असोज मा सुरु हुने गरी एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहका लागि चीन जान राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सम्बोधन एक दिन अगाडि सार्ने प्रयास नेपालले गरेको हो।

५ असोज २३ सेप्टेम्बर देखि चीनको हान्चाओमा उद्घाटन हुने सन् २०२३ को संस्करणको एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुनेगरी प्रधानमन्त्री प्रण्डले चीन भ्रमणको निम्तो प्राप्त गरिसकेका छन्।

स्रोतका अनुसार एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोह सकिएपछि बेइजिङ जाने गरी चीनले प्रधानमन्त्री प्रचण्डलाई भ्रमणको निम्तो दिएको हो।

तर, राष्ट्रसंघीय महासभामा सम्बोधन र एसियाली खेलकुद प्रतियोगिता उद्घाटनको मिति जुधिदिँदा न्युयोर्क र चीन दुवैतर्फको भ्रमणको कार्यतालिका मिलाउन परराष्ट्र मन्त्रालयलाई केही अप्ठेरो परेको छ।

तैपनि राष्ट्रसंघीय महासभामा सम्बोधनको मिति एकदिन वर सारेर भए पनि प्रधानमन्त्रीको चीन भ्रमण कार्यक्रम मिलाउने प्रयास परराष्ट्र मन्त्रालयले गरिरहेको छ।

‘यदि उहाँ न्युयोर्क जाने हुनुभयो भने क्युबा पनि जाने सम्भावना प्रबल छ,’ स्रोतले भन्यो, ‘राष्ट्रसंघीय महासभामा पनि सम्बोधनको मिति एकदिन वर २२ सेप्टेम्बर सार्नेमा सफलता मिल्यो भने त चीन भ्रमणका लागि उहाँ न्युयोर्कबाटै प्रस्थान गर्नुहुनेछ।’

त्यसो भयो भने प्रचण्डले एकैपटकमा क्युबादेखि अमेरिका र चीनसम्मको भ्रमण भ्याउनेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group