ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपालको स्पष्टीकरण : ललिता निवासमा बदमासी गरेको छैन


एबीसी न्यूज
२३ श्रावण २०८०, मंगलबार   ४ : ३६   बजे

काठमाडौं २३ साउन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले ललिता निवास जग्गा प्रकरणबारे स्विटजरल्यान्ड पुगेर प्रष्टीकरण दिएका छन्।

सोमबारबाट युरोपियन मुलुकको भ्रमणमा लागि निस्किएका अध्यक्ष नेपालले स्वीट्जरल्यान्ड पुगेर आफूले बालुवाटार जग्गा प्रकरणमा बदमासी नगरेको दाबी गरेका छन्।

‘नबिराउनु, नडराउनु। मैले केही बिराएको छैन। बदमासी गरेको छैन। मैले नितान्त असल मनसायले बालुवाटार विस्तारको मास्टर प्लान अघि बढाउने पक्षमा निर्णय गरेको हुँ,’ उनले स्पष्टीकरण दिँदै भनेका छन्।

उक्त प्रकरणमा कसैलाई पनि उन्मुक्ति दिन नहुने भन्दै सर्वोच्च अदालतको आइतबारको निर्णयमा आफूले कुनै प्रतिक्रिया नदिने नेपालले बताएका छन्।

सर्वोच्चले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णयमा संलग्नमाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल र अर्का पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईमाथि पनि अनुसन्धानको बाटो खुलेको छ।

ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईमाथि पनि अनुसन्धानको बाटो खुल्यो
‘कुनै किसिमको अनुचित काम मैले गरेको छैन। कुनै पनि व्यक्तिलाई उन्मुक्ति दिने होइन, छानबिन गर्ने हो। बदमासी गरेको छ भने दण्डित गर्ने हो,’ उनले भने, ‘मैले बदमासी गरेको छैन भन्ने मलाई पूरा विश्वास छ। मैले राष्ट्र र राष्ट्रिय सम्पत्तिको विरुद्ध, भ्रष्टाचारको पक्षमा मुछिने कुनै काम गरेको छैन। मैले अदालतको निर्णयबारे केही भन्नुपर्ने छैन।’

२०६६ साल चैत २९ गते, २०६७ साल वैशाख ३१ गते र २०६७ साल साउन २८ गते तीन पटकसम्म नेपाल नेतृत्वको मन्त्रिपरिषद्को निर्णयबाट ललिता निवासको ११३ रोपनी जग्गामा नक्कली मोही खडा गरी जग्गा सट्टा भर्ना दिइएको थियो।

प्रधानमन्त्री निवास विस्तार गर्ने भन्दै नक्कली मोही खडा गरिएको थियो। यस प्रकरणमा सर्वोच्च अदालतले नीतिगत निर्णय गर्नेमाथि पनि कारबाही चलाउन आदेश दिएको छ।

सर्वोच्चको उक्त आदेशअनुसार तत्कालीन तीनजना भूमिसुधार मन्त्रीहरु विजय गच्छदार, डम्बर श्रेष्ठ चन्द्रदेव जोशी तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu