ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्रीहरुलाई अनुसन्धानमा ल्याउनेबारे आदेश कुर्दै सीआइबी


abc tv
२३ श्रावण २०८०, मंगलबार   ९ : १९   बजे

काठमाडौं । ललिता निवास प्रकरणमा हालसम्म पक्राउहरुको बयान सकिएको छ । पक्राउ परेकामध्ये ३ जना छुटिसकेका छन् भने २० जना अझै हिरासतमा छन् ।

तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धानमा ल्याउनेबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ‘आदेश’को पर्खाइमा छन् ।

ललिता निवासको १४२ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको प्रकरणमा सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

विभिन्न चारवटा मितिमा भएका बेग्लाबेग्लै निर्णयका लागि सीआईबीले चारवटा अनुसन्धान समिति बनाएको छ । ४ सयभन्दा बढी पक्राउ पुर्जी जारी भएको बताइए पनि बाँकीलाई पक्राउ गरिएको छैन । ललिता निवासको एउटै जग्गा ९ जनासम्मले खरिद गरेको अनुसन्धान अधिकारीहरु बताउँछन् । प्रहरीले विचौलिया, नक्कली मोही र निर्णय प्रक्रियामा सहभागी हुनेहरुलाई मात्र पक्राउ गरेको छ ।

यो प्रकरणमा मानिसहरुलाई नियन्त्रणमा लिन थालेको ४२ दिन भइसकेको छ । अब सीआईबीले १८ दिनभित्र सरकारी वकिलमार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ ।

यसअघि आइतबार सर्वोच्च अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने निर्णय गर्ने तत्कालीन मन्त्रिपरिषद् नेतृत्व र निर्णय प्रक्रियामा सहभागी हुनेहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएपछि नयाँ मोड देखिएको छ ।

तत्कालीन प्रधानमन्त्रीहरुलाई समेत अनुसन्धानमा बोलाउनुपर्ने भएपछि सीआईबी आदेशको पर्खाइमा रहेको अधिकारीहरु बताउँछन् । ‘राजनीतिक उच्च तहको विषय भएकाले कसरी अगाडि बढ्ने भन्नेमा छलफल भइरहेको छ’, एक अनुसन्धान अधिकारीले भने ।

यसअघि सर्वोच्च अदालतको आदेशपछि महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार आईजीपी बसन्तबहादुर कुँवरलाई आवश्यक देखिए तत्कालीन प्रधानमन्त्रीहरुलाई पनि अनुसन्धानमा ल्याउन निर्देशन दिएका थिए । स्रोतका अनुसार तत्कालीन प्रधानमन्त्रीहरुलाई कम्तीमा बयानमा बोलाउने तयारी सीआईबीको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group