ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज दुवै सदनका बैठक बस्दै : एमालेले अवरोध नगरे टोपबहादुर सांसदबाट निलम्बन भएको जानकारी गराइने


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   १० : ४५   बजे

काठमाडौँ, २४ साउन । बुधबार (आज) संघीय संसदका दुवै सदनको बैठक बस्दैछ। दुवै सदनको बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ।

सुन तस्करी प्रकरणमा सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने शर्तमा हिजो केहीबेर संसद चल्न दिएको थियो। एमालेले सुन तस्करी प्रकरणमा गृह र अर्थमन्त्री नै संलग्न भएको भन्दै सदन अवरुद्ध गर्दै आएको थियो। तर हिजो गृहमन्त्री श्रेष्ठले दिएको जवाफ आफूहरूले राखेको मागभन्दा बाहिरको भएको भन्दै पुनः संसद अवरुद्ध गरेको थियो। तर एमालेले अवरोध गरेपछि हिजोको बैठक कार्यसूचीमा भने प्रवेश गर्न सकेन।आज दुवै सदनमा यसअघि निर्धारण गरिएको कार्यसूची नै राखिएको छ।

प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराइनेछ।बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यअवधि थप गरिएको बारे बाधा अडकाउ फुकाउ आदेश सदनसमक्ष पेश हुने संसद सचिवालयले जनाएको छ।यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गत विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्नेछन्।

आजको बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिको लागि पेश गर्ने कार्यसूची पनि छ।यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यता राष्ट्रिय सभाको बैठकमा आज राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण र कार्यभार तोकिएकोबारे पत्र जानकारी गराउने कार्यसूची छ।  यस्तै विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरूका अध्ययन प्रतिवेदन २०८० सभासमक्ष पेश गर्ने पनि कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

राष्ट्रियसभामा आज प्रधानमन्त्री पनि उपस्थित हुने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu