ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संखुवासभा कारागारबाट भाग्दै गर्दा पक्राउ परेका २ कैदीको मृत्यु


ABC NEWS
२४ श्रावण २०८०, बुधबार   १२ : ०६   बजे

विराटनगर २४ साउन । संखुवासभा कारागारमा कैदीकै कुटाइबाट दुई कैदीको मृत्यु भएको छ।

मृत्यु हुनेमा मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश वलामी रहेको कारागारका जेलर राजेन्द्र घिमिरेले जानकारी दिए।

तोलाङ्गी बलात्कार र बलामी चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।

मंगलबार राति कारागारको झ्यालको रड तोडेर भागेका दुईजनालाई प्रहरीले पक्राउ गरेर पुनः कारागारमा लगेको थियो।

त्यसपछि कारागारभित्रै रहेका कैदी कर्मचारीले कुटपिट गरी हत्या गरेको कारागार प्रशासनले जनाएको छ। कुटपिटमा संलग्न ९ जना कैदीलाई जिल्ला प्रहरी कार्यालयको हिरासत लगिएको छ।

‘दुईजना झ्याल रड भाँचेर बाहिर निस्किए। त्यसपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर पक्राउ गर्यो। दुवै जनालाई जेलभित्र राखियो। भित्र प्रशासनका कैदीहरुले साफ कुटेछन्। ९र१० जनाको नाम आएको छ। कुटपिटमा संलग्न ९ जनालाई निकालेपछि अहिले शान्त भएको छ’, जेलर घिमिरेले भने।

अहिले शव जिल्ला अस्पताल लगिएको छ। प्रशासनले घटनाका विषयमा छानबिन गर्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu