ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुर पहिरोमा बेपत्ता ५ जनामध्ये बाबु–छोरी मृत भेटिए, अझै ३ व्यक्तिको अवस्था अज्ञात


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   १२ : ४१   बजे

काठमाडौं, २४ साउन । मकवानपुर बागमती ५ सिक्रे दोभानमा पहिरोसँगै बगेर बेपत्ता ५ जनामध्ये बाबु(छोरी मृत भेटिएका छन्।

प्रहरी चौकी भोर्लेनी का अनुसार ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरी मृत अवस्थामा फेला परेका हुन्।

उनीहरूको शव घर बगाएको ठाउँबाट १० किलोमिटर दक्षिण बागमती नदीको बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालय ९मकवानपुर० ले जनाएको छ।

बेपत्ता ६ जनामध्ये एकजनाको भने मंगलबार उद्धार गरिएको छ। उनको उपचार जारी छ भने अझै ३ जना पत्ता लाग्न सकेका छैनन्।

उनीहरूको सोमबार रातिदेखि परेको पानीले घरमाथिबाट पहिरो खस्दा अक्कलबहादुरको घर पहिरोसँगै बागमती नदीमा खसेको थियो। उनको घर बागमती किनारमै थियो।

सो पहिरोसँगै बगेका ७ जनामध्ये अक्क्लबहादुरकी श्रीमती शान्ताकुमारी स्याङ्तान मंगलबार बिहान घाइते अवस्थामा फेला परेकी थिइन्। तर उपचारका क्रममा उनको मृत्यु भयो।

यस्तै सिन्धुली हरिहरपुरगढी गाउँपालिका १ कोकटीका १७ वर्षीय पासाङ घिसिङलाई पनि हिजो साँझ घाइते अवस्थामा उद्धार गरिएको हो। उनको अहिले हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।

हराइरहेका तीनजनाको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोली खटिएको छ।

काभ्रेस्थित घरबाट केही दिनअघि परिवारका साथमा ससुराली मकवानपुर आएका २५ वर्षीय जीवन पहरी, उनका ४ वर्षीय छोरा मिलन पहरी र डेढ वर्षीया छोरी दिव्या पहरी अझै बेपत्ता छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu