ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकसाथ तीन संगठित अपराधको अनुसन्धान गर्दै सीआईबी, भरियो हिरासत कक्ष


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   १२ : ५३   बजे

काठमाडौं, २४ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले हाल तीन ठूला र संगठित अपराधको अनुसन्धान गरिरहेको छ । बहुचर्चित ललितानिवास जग्गा प्रकरण, राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको करिब क्विन्टल सुनकाण्ड र शिवशिखर सहकारी ठगीबारे सीआईबीले एकसाथ अनुसन्धान गरिरहेको हो ।

उक्त प्रकरणमा जोडिएका ४५ आरोपित सीआईबीको नियन्त्रणमा छन् । ललितानिवास जग्गा प्रकरणमा सीआईबीले २० जनालाई पक्राउ गरिसकेको छ ।

सुन तस्करी प्रकरणमा जोडिएका १७ जनालाई विभागले सीआईबीको जिम्मा लगाएको थियो । शिवशिखर सहकारीका आरोपित समेत गरेर ४५ जना सीआईबीको थुनामा रहेका हुन् ।

यी सबै आरोपितलाई राख्न सीआईबीको हिरासत कक्ष साँघुरो भएको छ । तीमध्ये ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका र शिवशिखर सहकारीका आरोपित गरेर २० जना मात्र हाल सीआईबीको हिरासत कक्षमा रहेका स्रोतले जानकारी दिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका आरोपितलाई भने सीआईबीले काठमाडौंका विभिन्न प्रहरी कार्यालयमा राखेर अनुसन्धान थालेको छ । उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्त, महाराजगन्ज र स्रोहखुट्टे प्रहरी वृत्तमा राखेर अनुसन्धान गरिँदै छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

गोकर्णमा सांसद र सैनिक अधिकारीबीच चर्काचर्की, राजु पाण्डेले भने — ‘सिमा मिचेको होइन, समन्वयको अभाव मात्रै थियो’

वाग्मती प्रदेश सरकारमा सत्ता समीकरण: हानेपाका बज्राचार्य भौतिक पूर्वाधारमन्त्री नियुक्त

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu