ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटारमा फेरि तीन शीर्ष नेताको बैठक, ओली र प्रचण्डबीच अलग्गै वार्ता


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   १ : ०५   बजे

काठमाडौं, २४ साउन । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतको आदेश र संघीय संसद्‍मा अवरोधबाट उत्पन्न गतिरोधलाई लिएर तीन दलका शीर्ष नेता बुधबार फेरि बालुवाटारमा जुटेका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई सातादेखि अवरुद्ध गरेको संसद् बैठक मंगलबार सञ्चालन भए पनि फेरि गतिरोध देखिएपछि नेताहरु संवादमा जुटेका हुन्।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार तीन दलका शीर्ष नेताहरुबीच लामो वार्ता भएको हो।

सामूहिक छलफलका क्रममा कांग्रेस नेताहरु कृष्ण सिटौला र रमेश लेखक पनि सहभागी थिए।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद अवरोध गरिरहेको छ।

तर मंगलबार संसद्‍मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ दिएका छन्।

अहिले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धान गरिरहेकले अर्को समिति बनाउँदा समस्या हुने उनको तर्क थियो। तर गृहमन्त्रीको जवाफमा चित्त नबुझाएको एमालेले बुधबार पनि अन्तिममा संसद्‍मा अवरोध गरेपछि सभामुखले आजसम्मलाई स्थगित गरेका छन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

तीन नेताबीचको वार्तापछि बालुवाटारमै प्रचण्ड र ओलीबीच अलग्गै संवाद भएको बताइएको छ। तर यी दुई नेताबीचको संवादको विस्तृत विवरण दुवै पक्षले सार्वजनिक गरेका छैनन्।

पछिल्लो समय ललिता निवासको सरकारी जग्गा हडप्नेहरुविरुद्ध सीआईबीले नै अनुसन्धान गरिरहेको छ।

त्यहीक्रममा सीआईबीले असार १२ गतेयता १९ जनालाई हिरासतमा लिएको छ। तर यसबीचमा सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा नीतिगत निर्णय गर्नेविरुद्ध पनि छानबिन अघि बढाउन आदेश दिएपछि चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

सर्वोच्चको आदेशअनुसार नीतिगत निर्णय गर्नेमाथि छानबिन हुँदा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र डा। बाबुराम भट्टराई पनि तानिने सम्भावना बढेको छ।

अध्यक्ष नेपाल नेपाली कांग्रेस र माओवादीसहितको सात दलीय गठबन्धनमा छ। सत्तामा पनि रहेको यो पार्टी नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चामा पनि छ।

सर्वोच्चले आइतबार आदेश दिएलगत्तै युरोप भ्रमणमा निस्किएका अध्यक्ष नेपाले स्विटजरल्यान्ड पुगेर आफूले कुनै गल्ती नगरेको भन्दै अनुसन्धानमा सहयोग गर्ने बताएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group