ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हटेन संसद्‍मा एमालेको अवरोध, बैठक शुक्रबारसम्मलाई स्थगित


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   १ : ४३   बजे

काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालले बुधबार पनि संसद्‍मा अवरोध जारी राखेको छ।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चसरीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायम गर्दै एमालेले बुधबार पनि संसद अवरुद्ध गरेको हो।

एमालेले उठेर नाराबाजी गरेपछि प्रतिनिधिसभाको बैठक सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसोसम्मलाई स्थगित गरेका छन्।

एमालेको अवरोधपछि सभामुख घिमिरेले बुधबारका निर्धारित कार्यक्रमका सूची हटाएर शुक्रबार दिउँसो २ बजेसम्मलाई बैठक स्थगित गरेका हुन्।

गत साउन ३ गते बरामद भएको १०० केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति माग गर्दै एमालेले संसद अवरोध गरिरहेको छ।

मंगलबार संसद्‍मा जवाफ दिने क्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल उच्चस्तरीय समिति बनाउन नसकिने जवाफ दिएका थिए।

अहिले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले अनुसन्धान गरिरहेकाले अर्को समिति बनाउँदा समस्या हुने उनको तर्क थियो।

तर गृहमन्त्रीको जवाफमा चित्त नबुझाएको एमालेले बुधबार पनि अन्तिममा संसद्‍मा अवरोध गरेपछि सभामुखले बैठक स्थगित गरेका थिए।

संसद् खुलाउन बुधबार पनि बालुवाटारमा बैठक भएको थियो। तर त्यहाँ सहमति हुन सकेन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता भए पनि संसद्मा एमालेको अवरोध हटेन।

तीन नेताबीचको वार्तापछि बालुवाटारमै प्रचण्ड र ओलीबीच अलग्गै संवाद भएको थियो।

पछिल्लो समय ललिता निवासको सरकारी जग्गा हडप्नेहरुविरुद्ध सीआईबीले नै अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

भारतीय सहयोगमा सोलुखुम्बुमा ३ करोड ३० लाख रुपैयाँको गुम्बा निर्माण सुरु, सांस्कृतिक सम्पदा संरक्षणमा टेवा पुग्ने अपेक्षा

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

नक्कली शरणार्थी प्रकरणमा कसलाई कति सजाय ?

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu