ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगातार संसद अवरोधको विरोधमा रास्वपाका सांसदले संसद गेटमै बैठक चलाए !


ABC NEWS
२४ श्रावण २०८०, बुधबार   २ : ४३   बजे

काठमाडौं २४ साउन । संघीय संसद भवनको मुलगेटमा बोल्दै रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछाने। तस्बिरस् मनोज सत्यालरसेतोपाटी।संघीय संसद भवनको मुलगेटमा बोल्दै रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछाने। तस्बिरस् मनोज सत्यालरसेतोपाटी।
लगातार प्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बुधबार रचनात्मक रूपमा विरोध गरेको छ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुलगेटमा रास्वपाका २० जना सांसदहरूले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ(आफ्ना कुरा राखेका हुन्।

रास्वपा सांसदहरूले प्रतिनिधि सभा बैठकमै सम्बोधन गरेजसरी कुराहरू राखेका थिए।

रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले सुन प्रकरण छानबिन गरिनुपर्ने विषयमा बोले। उनले धारणा राख्दा अरू सांसदहरूले डायरीमा ढ्यापढ्याप गर्दै समर्थन गरेका थिए।

सांसद तोसिमा कार्कीले स्वास्थ्य क्षेत्रबारे कुरा राखेकी थिइन् भने शिशिर खनालले आफ्नो निर्वाचन क्षेत्र सामाखुसीको ढल व्यवस्थापनबारे कुरा राखेका थिए।

सांसद स्वर्णिम वाग्लेले अर्थतन्त्रबारे बोलेका थिए। निर्माण व्यवसायीहरूले भुक्तानी नपाएर आन्दोलन गरेका विषयबारे उनले कुरा राखेका छन्।

सांसद सुमना श्रेष्ठले तामाङ समुदायमाथिका अभिव्यक्तिलाई लिएर त्यसैमा राजनीति गर्न खोजिएकोतर्फ ध्यानाकर्षण गराएकी थिइन्।

प्रतिनिधि सभा अवरोध भइरहेकोले संसदीय अभ्यास गर्न नपाएको भन्दै रास्वपाले रचनात्मक तरिकाले विरोध गरेका हुन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गर्दै लगातार प्रतिनिधि सभा बैठक अवरोध गर्दै आएको छ।

एमालेको नाराबाजी र वेल घेराउपछि बुधबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र साह ‘नेपाली हिटलर’: महन्थ ठाकुर

सीमा विवादबारे प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरुद्ध रहने विपक्षीको चेतावनी

सरकारको निर्णयविरुद्ध सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन, ‘हजारौँको रोजगारी संकटमा’

उचित मूल्य नपाएको भन्दै किसानको आक्रोश: माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन, न्यूनतम समर्थन मूल्यको माग

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

सेमिफाइनलमा अर्जेन्टिनाको अनुभव कि इंग्ल्यान्डको युवा जोश ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu