ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोटा निर्धारण नहुँदा रासायनिक मल गोदाममा थन्कियो


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   ३ : ४३   बजे
काठमाडौं, २४ साउन । खेती गर्ने समयमा  रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् ।
कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ । कोटा निर्धाणरमा ढिलाइ हुँदा मल वितरणमा पनि ढिला भएको कम्पनी दमौलीका शाखा प्रबन्धक दिनेश शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले वितरणका लागि कोटा निर्धारण गर्न ढिला गर्दा समयमा मल वितरण गर्न नसकिएको उहाँले बताउनुभयो । हालसम्म जिल्लामा एक सय ९० मेट्रिकटन युरिया मल आएको भए पनि वितरण हुन ढिला भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक सय ९० मेट्रिक टन मल आइसकेको छ, करिब दुई सय टन मल आउने सम्भावना छ, तर कोटा निर्धारण नभएकोले बाँड्न पाइएको छैन ।” माग छ सय टनको भए पनि दुई सय टन मात्रै आउने सम्भावना भएकोले मलको अभाव हुने उहाँको भनाइ छ ।
मागअनुसारको मल आपूर्ति नभएकाले मलको अभाव भएको उहाँले बताउनुभयो । शाखा प्रबन्धक शर्माका अनुसार एक जिल्लाका लागि चाहिने जति मल तीन जिल्लामा बाँड्नुपर्ने हुँदा मलको अभाव रहेको छ ।
आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै मागअनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक सुरुदेखि नै मल अभाव भएको छ । सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव खेप्नुपर्ने अवस्था रहेको छ ।
तनहुँ, लमजुङ र गोरखाका लागि मागअनुसारको रासायनिक मल वितरण गर्ने गरेको कम्पनीले जनाएको छ । कम्पनीमा आएको एक तिहाइ मात्रै मल कोटा निर्धारण गरी किसानलाई वितरण गर्दै आएको जनाएको छ । व्यास नगरपालिका–५ पाटन निवासी मनिसरा आलेले मल बिक्री गर्ने सबै पसलमा धाउँदा पनि मल नपाइएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “विगतका वर्ष जस्तै यसवर्ष पनि रासायनिक मल अभावले गर्दा उत्पादन घट्ने चिन्ताले सताएको छ ।” त्यस्तै व्यास नगरपालिका–५ चिन्तुटार निवासी शङ्कर गुरुङले धानमा मल राख्ने समयमा मल नपाउँदा उत्पादन घट्ने अवस्था आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मल पाइन्छ कि भनेर धेरै पटक धाइयो, तर पाउनै सकिएन, समयमा मल राख्न नपाएपछि कसरी उत्पादन हुन्छ खै खेती रु” पर्याप्त मात्रामा मल वितरण गर्ने हो भने तीन जिल्लाको लागि तीन हजार मेट्रिक टन युरिया, डिपिए एक हजार मेट्रिक टन र पोटास एक सय ५० मेट्रिक टन आवश्यक पर्नेमा एक तिहाइ मात्रै आउने गरेको शाखा प्रबन्धक शर्माले जानकारी दिनुभयो ।
तनहुँमा ९०, लमजुङमा ४४, गोरखामा ६३ गरी एक सय ९७  बिक्रेतामार्फत समान रूपमा रासायनिक मल वितरण गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group