ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशनको यात्रामा माओवादी


एबीसी न्यूज
२४ श्रावण २०८०, बुधबार   ४ : ३६   बजे
काठमाडौँ २४ साउन । नेकपा माओवादी केन्द्रले विधिसम्मत र वैचारिक दृष्टिकोणबाट पार्टीलाई अग्रणी बनाउने उद्देश्यका साथ विधान सम्मेलन हुँदै विशेष महाधिवेशनको यात्रा तय गरेको छ ।
यही असार १७ देखि २१ सम्म राजधानीमा चलेको केन्द्रीय समितिको चौँथो पूर्ण बैठकबाट तीन महिनापछि विधान सम्मेलन र लगत्तै विशेष महाधिवेशन गर्ने निर्णय गरिएको माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णयका सम्बन्धमा आज मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग छलफल गर्दै उहाँले विधान सम्मेलन र विशेष महाधिवशेन गर्ने केन्द्रीय समितिको निर्णय पार्टी जीवनमा कोशेढुङ्गा भएको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय समितिको बैठकले पार्टीलाई व्यवस्थित र क्रान्तिकारी बनाउन सर्वाधिक महत्वपूर्ण निर्णय लिएको छ ।”
माओवादीले आगामी मङ्सिरमा विधान सम्मेलन गर्नै निर्णय गरेको छ । सम्मेलनमार्फत भद्दा रहेको सङ्गठनिक संरचनालाई चुस्तदुरुस्त बनाउने, पार्टीलाई व्यवस्थित बनाउन प्रत्येक कमिटीमा लोकतान्त्रिक पद्दति अनुशरण गर्ने माओवादीको तयारी छ । अहिले माओवादीका साङ्गठनिक संरचना अस्तव्यस्त छन् । केन्द्रदेखि तलसम्मका नेताहरुको जिम्मेवारी स्पष्ट नहुँदा पार्टीका संरचनाले गति लिन नसकेको माओवादीकै स्वीकारोक्ति छ ।
प्रवक्ता सापकोटा विधान सम्मेलनले पार्टीमाविधि बसाल्ने र विधिमार्फत पार्टी सुव्यवस्थित ढङ्गले सञ्चालन हुने विश्वास व्यक्त गर्नुहुन्छ । “सङ्गठनात्मक संरचना छरितो बनाउने, पार्टीमा विधि स्थापित गर्ने उद्देश्यका साथ विधान सम्मेलन गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।
विधान सम्मेलनले गर्ने निर्णय निकै महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले सम्मेलनले विधि, पद्दति र प्रक्रियाको टुङ्गो लगाउने जिकिर गर्नुभयो । “पार्टीमा ‘सिस्टम’ बसेको छैन, सिस्टम बस्यो भने संरचना क्रियाशील हुन्छन्”, प्रवक्ता सापकोटाले भन्नुभयो, “सिस्टम बसाल्ने ध्ययेले सम्मेलन गर्ने निर्णय गरिएको हो ।”
केन्द्रीय समिति बैठकमा सदस्यहरुले पार्टी कमिटी अत्यन्त भद्दा हुँदा कामयवी नदेखिएको, केन्द्रदेखि तल्ला कमिटीको संरचना सानो छरितो बनाउनुपर्नेलगायतको सुझाव दिएका थिए । केन्द्रीय समितिको भावनाअनुसार विधान सम्मेलनमार्फत दुई अङ्कको केन्द्रीय समिति बनाउने माओवादीको तयारी छ ।
विधान सम्मेलनमार्फत पार्टीलाई व्यवस्थित र वैचारिक दृष्टिकोणबाट क्रान्तिकारी बनाउन विशेष महाधिवशेन गर्न लागिएको प्रवक्ता सापकोटाको भनाइ छ ।
भदौ १५ देखि तीन महिने रुपान्तरण अभियान
माओवादीले पार्टीलाई जनतासँग जोड्नका लागि आगामी भदौ १६ गतेदेखि देशभर एकसाथ रुपान्तरण विशेष अभियान सञ्चालन गर्ने प्रवक्ता सापकोटाले बताउनुभयो । “भदौ १५ सम्म हामी सम्पूर्णरुपले तयारी गर्छौँ, तयारीका क्रममा बैठक, भेला, प्रशिक्षण र अन्तरक्रिया हुनेछ”, उहाँले भन्नुभयो, “अहिले तयारी बैठक सुरु भइसकेका छन्, धमाधम सात भौगोलिक र तीन गैरभौगोलिक गरी दश प्रदेश समितिका बैठक चलिरहेका छन् ।”
अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका सबै नेता छ हजार सात सय ४३ वटै वडामा खटिइने माओवादीले जनाएको छ । अध्यक्ष दाहाल सात प्रदेशका एक÷एकवटा वडामा अभियान लिएर जाने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।
 “अभियानका क्रममा पार्टीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक र सांस्कृतिकरुपमा पुनःगठन गर्छौ”, उहाँले भन्नुभयो ।
सुन प्रकरणलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री दृढ
प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्री दृढरहेको बताउनुभयो । “दोषीलाई कारबाही हुन्छ, सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री दृढ हुनुहुन्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री दाहालले पार्टीका प्रत्येक बैठकमा राज्यका निकायलाई निर्दोष नपरुन र दोषी नउम्किउन भनेर स्पष्ट निर्देशन दिएको बताउँदै आउनुभएको प्रवक्ता सापकोटाले उल्लेख गर्नुभयो ।
उहाँले सुन तस्करी प्रकरणको अनुसन्धानलाई तार्किक निष्कर्षमा पु¥याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०लाई जिम्मेवारी दिइएको बताउनुभयो । “सुशासनको अभियान रोकिँदैन, निर्धक्कले अगाडि जान्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu