ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२८ तोला सुनको बिस्कुटसहित पोखरा बसपार्कबाट महिला पक्राउ


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   ११ : ०४   बजे

काठमाडौं, २५ साउन ।  कास्की प्रहरीले आज बिहान एक महिलाले भित्री बस्त्र (ब्रा) भित्र लुकाएको २८० ग्राम २९ मिलिग्रामको सुनको बिस्कुट र औंठी बरामद गरेको छ। बैदाम प्रहरी प्रमुख डीएसपी वेदप्रकश जोशीका अनुसार काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सो सुन बरामद गरेको हो । विशेष सूचनाको आधारमा पोखरा बसपार्क पुगेर बसबाट झर्नासाथ ती महिलाको शरीर खानतलासी गर्दा ‘सुनजस्तो देखिने’ धातु भेटिएको उनले बताए ।

डीएपी जोशीका अनुसार महिलाले प्रारम्भिक बयानको क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोही अनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन् । ‘पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेका थिए,’ती महिलालाई उधृत गर्दै डीएसपी जोशीले भने,‘हामीले फोन कु¥यौंँ तर ती महिलाको मोवाइलमा फोन चाहिँ आएको छैन । अब हामी यो धातु राजश्व अनुसन्धान विभागलाई सुम्पन्छौँ ।’

महिलाबाट बरामद सुन पोखराको कुनै सुनचाँदी व्यवसायीको लागि कसैले पठाएको र यो उपक्रम लामो समयदेखि चल्दै आएको हुनसक्ने प्रहरी स्रोतको भनाइ छ । पोखरामा सुनको माग अत्यधिक छ । तर, नेपाल राष्ट्र बैंकले दैनिक १० किलोग्राम सुनमात्र बजार पठाउँछ ।

त्यसको थोरै मात्रामात्र पोखरा आइपुग्छ । त्यसैले पोखराका व्यवसायीहरुले एक तोला अर्थात् १० ग्राममै ६ हजार रुपैयाँभन्दा बढी मूल्य तिरेर सुन किन्ने गरेको व्यवसायीहरु अनौपचारिक कुराकानीमा बताउँछन् । ‘अहिले भने हामीले तोलामा ३ हजार रुपैयाँमात्र बढी तिरेर सुन किनिरहेका छौं,’ती व्यवसायीले अनौपचारिक कुराकानीमा भनेका छन्,‘बजार एक क्विन्टल सुनको चर्चा छ, बाहिरी बजारमा धेरै सुन भएर नै यो अवस्था आएको हुनुपर्छ ।’

प्रहरीले यसअघि पनि बसयात्रीबाट पटक–पटक सुन बरामद गरेको थियो । तीजलगायतका चाडबाडमा सुनको माग अत्यधिक हुन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu