ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जमा खानेपानीको समस्या


एबीसी न्यूज
२५ श्रावण २०८०, बिहिबार   २ : ३८   बजे
काठमाडौं, २५ साउन । वीरगञ्जमा पछिल्लो चार महिनामा एक हजार चार सय परिवारलाई खानेपानीको धारा वितरण गरिएको छ । खानेपानीको समस्या भइरहेका बेला एक हजार चार सय परिवारले खानेपानीको धारा जडान गराएका यहाँस्थित खानेपानी संस्थानले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा वैशाखमा ४१, जेठमा एक सय ५७, असारमा दुई सय दुई र साउनको २४ गतेसम्म एक हजार ग्राहकको घरमा धारा जडान गरिएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरन महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरले खानेपानीको महसुल तिर्ने गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको छ ।
लामो समयदेखि वर्षा नहुँदा वीरगञ्जका विभिन्न स्थानमा गत वैशाखदेखि खानेपानीको समस्या क्रमशः बढ्दै गएपछि धारा जडान गराउनेको सङ्ख्या पनि बढ्दै गएको प्रमुख महर्जनले बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक ५०(६० जना धारा जडानका लागि निवेदन लिएर कार्यालय आउने गरेका छन् । चापाकल, कुवालगायतका खानेपानीका मुहान सक्न थालेपछि धारा जडान गराउने क्रम बढे्को उहाँको भनाइ थियो ।
प्रमुख महर्जनका अनुसार संस्थानले अहिले दैनिक १०(१२ घण्टासम्म पानी पठाइरहेको छ । “पहिला चापाकलबाट पानी आउँथ्यो, त्यतिबेला खानेपानीको धारा लिन स्थानीयले खासै रुचि देखाएनन्”, उहाँले भन्नुभयो, “अहिले चापाकल, कुवालगायतका खानेपानीका स्रोत सुक्न थालेपछि धारा लिन आउनेको सङ्ख्या बढे्को छ ।”
आठ हजार एक सय ग्राहकले नियमित खानेपानी उपभोग गर्दै आएका संस्थानले जनाएको छ । दैनिक ६०(६५ लाख लिटर खानेपानी उत्पादन गरी महानगरभित्र वितरण गर्दै आइएको बताउँदै महर्जनले संस्थानसँग बीस हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको जानकारी दिनुभयो ।
महानगर क्षेत्रभित्र देखिएको खानेपानीको समस्यालाई मध्यनजर गरी विभिन्न वडामा एक सय ५० सामुदायिक धारा जडान गरिएको उहाँको भनाइ थियो । हरेक वडामा सार्वजनिक धारा जडान गर्ने योजनाअनुरुप विस्तारै धारा थप गर्दै लगिने उहाँले बताउनुभयो ।
“हरेक वडामा सार्वजनिक धारा जडानका लागि खानेपानी संस्थान र महानगरबीच सम्झौता भएको छ”, प्रमुख महर्जनले भन्नुभयो, “सम्झौता अनुसार वडावडामा धारा जडान गर्दा लाग्ने खर्च तथा महसुल भुक्तानी महानगरले गर्नेछ ।” उहाँका अनुसार विभिन्न स्थानमा उपभोक्ता समिति गठनको प्रक्रिया अगाडि बढिसकेको छ ।
चार महिनादेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयलाई महानगरले टोलटोलमा अस्थायी ट्र्याङ्कीमार्फत खानेपानी वितरण गरिरहेको महानगरका प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँका अनुसार ट्र्याङ्की पुर्‍याउन नसकिएका स्थानमा ट्र्याङ्करबाट पानी वितरण गरिएको छ ।
ट्र्याङ्करबाट अहिलेसम्म १९ वडामा दैनिक पानी उपलब्ध गराइरहेको बताउँदै नगरप्रमुख सिंहले सात वडामा भने अस्थायी ट्र्याङ्की राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानी संस्थानको पाइपलाइन विस्तार भएका सार्वजनिक स्थानमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तीव्रता दिएको छ ।
खानेपानीको पाइपलाइन वडा नं १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका  सार्वजनिक स्थानमा धारा राख्ने काम भइरहेको महानगर प्रमुख सिंहको भनाइ थियो । बढ्दो गर्मीका कारण जलस्तर तल झरेपछि वीरगञ्जका विभिन्न वडाका चापाकल सुकेर पानीको हाहाकार भएको छ । तत्काल प्राकृतिक रूपमा जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले ट्र्याङ्कीमार्फत अस्थायी रूपमा खानेपानी वितरण गरिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu