ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जङ्गली जनावरद्वारा बालीनाली सखाप


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   १ : १२   बजे

काठमाडौ साउन २६ ।  बैतडीमा जङ्गली जनावर बँदेल, भालु, दुम्सी, बाँदरलगायतले आतङ्क मच्चाएका छन् । ती जनावरले पछिल्लो समय मानिसमाथि आक्रमण गर्नुका साथै बालीनालीसमेत नष्ट गर्न थालेका छन् । दिउँसो बाँदर र रातिको समयमा बँदेल, दुम्सीले मकैबाली नष्ट गर्न थालेको दोगडाकेदार ३ श्रीकोटका डम्बर जोशीले बताए । मकै उत्पादनका लागि पकेट क्षेत्र मानिएको यस जिल्लाका अधिकांश क्षेत्रमा मकैबाली जोगाउनै मुस्किल भएको छ । मकैबाली जोगाउन बारीमै जाग्राम बस्नुपरिरहेको अर्का किसान झिमा विष्टले गुनासो गरे।

दिउँसोको समयमा बाँदरले खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको छ । घोगा लाग्ने बेला मकैबाली जङ्गली जनावरले सखाप पार्न थालेको छ । उनले भने, “रातदिन खेतबारीमा टहरा बनाएर पहरा दिँदासमेत मकैबाली जोगाउन सकिने अवस्था छैन, दिनमा बाँदर र रातिको समयमा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ ।”रातिको समयमा मात्रै आउने जङ्गली बँदेल अब दिउँसै बारीमा आउन लागेका छन् । रातिका समयमा बँदेलको बथान आएर किसानले लगाएको मकै वाली नष्ट पार्न थालेपछि भोकमरी हुने चिन्ता बढेको पञ्चेश्वर वीरेन्द्र भट्टले जानकारी दिए । बस्ती नजिकका जङ्गलबाट आएर जङ्गली बँदेलले मकै नष्ट गर्ने गरेको ।छ । उनले भने, “जङ्गली जनावरले मकै सखाप पारेका छन्, जोगाउनै सकस छ ।

भोकमरी हुने चिन्ता पनि बढेको छ ।” किसानले मेहनत गरेर लगाएको बाली बर्सेनि जङ्गली जनावरले सखाप पार्न थालेपछि किसानलाई चिन्ता बढेको छ । हरेक वर्ष जङ्गली जनावरले बालीनालीमा व्यापक क्षति पु¥याउन थालेपछि कतिपय ठाउँका किसानले बालीनाली लगाउनै छोडेका छ । जिल्लाका विभिन्न ठाउँमा जङ्गली जनावरले बर्सेनि बाली नालीमा क्षति पु¥याउने थालेपछि नागरिकको कृषि पेसामा आर्कषण घट्दै गएको छ ।यसैबीच जङ्गली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेको छ ।

केही दिन अगाडि शिवनाथ गाउँपालिका २ फट्केढुङ्गाका १२ वर्षीय मनिस साउँदमाथि जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको थियो । मकैबाली खान आएका जङ्गली बँदेलले दिनमै मानवमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ । एकातिर मकैबाली नास हुनै भन्दै चिन्ता बढेको छ भने अर्कोतिर मानवमाथि नै आक्रमण हुन थालेपछि डर पनि बढेको मानसिंह साउँदले बताए। उनले भने, “मेहनत गरेर लगाएको मकैबाली जोगाउन मुस्किल परेका बेला जङ्गली जनावरले मानिसमाथि नै आक्रमण गर्न थालेपछि त्रास फैलिएको छ ।

”जङ्गली जनावरले पारेको क्षतिबारे स्थानीय सरकारले एक्लैले नसक्ने जनप्रतिनिधिले बताउँदै आएका छन् । बैतडीमा १४ हजार पाँच सय हेक्टर जमिनमा मकै खेती हुने गरेको भए पनि पछिल्लो समयमा उत्पादनमा कमी आउन थालेको छ । जङ्गली जनावरले मकैबाली सखाप पार्ने गरेकाले उत्पादन घटेको हो । बाली बीमा नहुँदा किसानले बालीनालीमा क्षति पुग्ने गरेको भए पनि क्षतिपूर्ति पाउँदैनन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu