ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार प्रतिशोधमा उत्रियो, सुनिल शर्मालाई थुन्नुपर्ने जरुरी थिएन : चन्द्र भण्डारी


एबीसी न्यूज
२६ श्रावण २०८०, शुक्रबार   २ : ३४   बजे

काठमाडौं, २६ साउन । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले अर्का सांसद सुनिल शर्माविरुद्ध राज्य प्रतिशोधपूर्ण ढंगले उत्रिएको बताएका छन्।

शुक्रबार बसेको संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

‘सुनिल शर्मालाई थुन्नुपर्छ भन्ने छैन। जसको शक्ति त्यसको भक्ति भन्ने अब चल्दैन। मैले प्रधानमन्त्री र सीआईबी प्रमुखलाई यो गलत भयो भनिसकेको छु’, उनले भनेका छन्, ‘तत्कालीन अवस्थामा नवराज सिलवालले त्यसलाई अघि नबढाउने भनिसकेका छन्। बन्द गरिसकेको कुरा फेरि निकालेर कसैसँग प्रतिशोध साँध्नु गलत हो।’

कांग्रेस नेतासमेत रहेका भण्डारीले देशमा यति धेरै लुटपाट र भ्रष्टाचार हुँदा हुँदै सकिइसकेको मुद्दामा राज्य एउटा व्यक्तिको पछि प्रतिशोध साँध्न लाग्नु गलत भएको बताए।

‘नचाहिँदो कुरामा प्रतिशोधमा समात्ने होइन। सुनिल शर्माले बोलेको कसैलाई नपचेको होला नि१’, उनले भने, ‘कसैले जग्गा किनेपछि फिर्ता गर्दा पनि उन्मुक्ति पाउने। सुनिल शर्मालाई अदालतले सफाइ दिएको मुद्दामा फेरि थुन्नुपर्ने किन ?

उनले सुनिल शर्मा नेपालमै बसेको अवस्थामा सांसद जस्तो पदमा रहेको व्यक्तिलाई थुनेर गलत गरेको दोहोर्‍याए।

‘नेपाल छाडेर जानेलाई फूलमाला लगाउने तर नेपालमै बसेकालाई किन थुन्ने ?  उनले भने, ‘यसमा सरकारले ठीक गरे, प्रतिशोधमा उत्रिएर देश अघि बढ्दैन।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group