ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गोरखा नगरपालिकामा इन्धन खर्च मापदण्डभन्दा चारगुणा बढी


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   १२ : ३०   बजे

काठमाडौ साउन २८ । गोरखा नगरपालिकाका मेयर र उपमेयरले मापदण्डभन्दा चारगुणा बढी सवारी इन्धन प्रयोग गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७९र०८० मा उनीहरुले निर्धारित मापदण्डभन्दा धेरै इन्धन प्रयोग गरेको पाइएको हो ।गण्डकी प्रदेश सरकारको ‘गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधा ऐन २०७६’ को दफा ३ मा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवा सुविधामा नगर प्रमुख र उपप्रमुखले मासिक ९० लिटर इन्धन प्रयोग गर्न पाउने सीमा निर्दिष्ट गरिएको छ । जसअनुसार वार्षिक एकहजार ८० लिटर मात्र प्रयोग गर्न पाइन्छ ।तोकिएको मापदण्डभन्दा बढी इन्धन प्रयोग भएमा कारणसहित प्रदेश सरकारलाई जानकारी गराउनुपर्ने गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले बताए

।तर गत आर्थिक वर्ष नगर प्रमुख चढ्ने बा१झ २९० नम्वरको गाडीमा मात्रै ४ हजार २६८ लिटर ९६ लाखभन्दा बढीको० डिजेल प्रयोग भएको छ । त्यस्तै उपप्रमुख चढ्ने बा२झ १६९८ नम्वरको गाडीमा ४ हजार १६७ लिटर ९६ लाख बढी मूल्य बराबरको० डिजेल प्रयोग भएको नगरपालिका कार्यालयको अभिलेखमा उल्लेख छ ।मापदण्डविपरीत इन्धन खपत हुँदा नगरपालिकाको गत आर्थिक वर्ष अनपेक्षित रुपमा खर्च पनि बढेको छ । इन्धनमा मात्रै गत आव ७७ लाख ६३ हजार रकम खर्च भएको लेखा शाखाले जनाएको छ ।मेयर कृष्ण रानाले प्रदेशको मापदण्डको हिसाबमा चल्न नसकिने बताए । ‘प्रदेशले बनाएको मापदण्ड कार्यालय र घर आउजाउका लागि मात्र होला, नत्र बैठक र कार्यक्रमका लागि विभिन्न जिल्ला गइराख्नुपर्छ, प्रदेशले तोकेको हिसावमा त सम्भव नै छैन,’ उनले भने ।

उपप्रमुख मसलीमाया थोकरले पनि प्रदेशको मापदण्ड अनुसार चल्न नसक्ने बताइन् । ‘प्रदेशको मापदण्डको विषयमा नगरपालिका र गाउँपालिका संघले पनि कुरा उठाएको थियो । प्रदेशले त्यसो हो भने कार्यक्रममा जाँदा लक बुक भरेर मात्र जानुस् भनेपछि हामीले अहिले त्यही गर्ने गरेका छौ,’ उनले भनिन् । मेयरभन्दा उपमेयर बढी अनुगमनमा हिड्नुपर्ने भएकाले प्रदेशको मापदण्डको अर्थ नरहेको उनले बताइन् ।वडा कार्यालयको मोटरसाइकलका लागि निर्धारण गरिएको इन्धन पनि अपुग भएको भन्दै वडा कार्यालयले नगरपालिका कार्यालयसंग इन्धन माग गर्ने गरेको छ । नगरपालिकाबाट कुपन बनाएर नगरपालिकाभन्दा बाहिरका व्यक्तिले इन्धन प्रयोग गर्ने गरेको भन्दै कार्यपालिका सदस्यहरुले नगरसभामा आलोचना गरेका थिए ।

नगरपालिकाबाट कुपन बनाएर बाहृय मान्छेहरुले इन्धन प्रयोग गर्ने गरेको उपमेयर थोकरले जानकारी दिइन् । ‘नगरपालिकाको नाममा कुपन लिएर इन्धन बाहिर चुहावट भएको पाइयो त्यसैले अहिले कुपन सिस्टम नै हटाएका छौ,’ उनले भनिन् । कर्मचारीलाई इन्धनका लागि रकम दिने र मेयर उपमेयरले सीधै इन्धन भर्ने व्यवस्था गरिएको उनले बताइन् ।गत आर्थिक वर्ष कार्यालयको २५४ नम्बरको बोलेरोमा २ हजार ९५ लिटर, २५४ नम्बरको डिफेन्डरमा ७ सय ४९ लिटर, ग१द १६२ नम्बरको ब्याकुलोडरमा ८ हजार २२१ लिटर र ग१झ ५८३ नम्बरको एम्वुलेन्समा २ हजार ९३ लिटर डिजेल प्रयोग भएको कार्यालयका सूचना अधिकारी चेतप्रसाद अम्गाइले बताए ।त्यस्तै ग१झ ५८२ नम्वरको एम्वुलेन्समा एक हजार २५८ लिटर, प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने ग१झ १६९८ नम्बरको जिपमा एक हजार २५८ लिटर र विविधमा दुई हजार ९०१ लिटर डिजेल प्रयोग भएको उनले जानकारी दिए ।

उनका अनुसार जेनेरेटरमा पनि एक हजार ५५० लिटर डिजेल प्रयोग भएको छ ।त्यस्तै कार्यालयले वडानम्बर १, २, १३, १४ र नगरपालिका कार्यालयको मोटरसाइलक प्रयोगकर्ता प्राविधिक कर्मचारीलाई प्रतिमहिना १५ लिटरका दरले र अन्य कर्मचारीलाई दश लिटरका दरले पेट्रोल उपलब्ध गराएको जनाएको छ । प्रदेशको मापदण्ड अनुसार वडाध्यक्षहरुले मासिक १५ लिटरका दरले इन्धन प्रयोग गर्न पाउने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group