ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तालाबन्दी गर्न पुगेका निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्षसहित ४५ जना व्यवसायी पक्राउ


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   २ : ३८   बजे

काठमाडौं, २८ साउन । ललितपुर प्रहरीले विभिन्न मागहरु राख्दै तालाबन्दी गर्न खोजेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लामासहित ४५ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले निर्माण व्यवसायी महासंघका उपाध्यक्ष आङ दोर्जे लामासहित ४५ जना भन्दा बढी निर्माण व्यवसायीलाई पक्राउ गरेको हो । उनीहरु आइतबार बिहान ललितपुरको चाकुपाटमा रहेको सडक विभाग र जावलाखेलस्थित सिँचाइ विभागमा ताला लगाउन पुगेका थिए ।

ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले सरकारी कार्यालयमा तालाबन्दी गर्न खोजेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।

‘सरकारी कार्यालयमा तालाबन्दी गरेर धर्ना बस्न खोज्नु भयो। धर्ना बस्न पाइयो तर तालाबन्दी गर्न त पाइएन नी’, एसएसपी शाहले भने।उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । नियन्त्रणमा लिइएकालाई छाड्न लागिएको प्रहरीले जनाएको छ।

निर्माण भुक्तानी नपाएको लगायतको विभिन्न माग राख्दै निर्माण व्यवसायीहरु केही दिनदेखि आन्दोलित बनेका थिए । नेपाल निर्माण व्यवसायी महासंघले घोषित तेस्रो चरणको आन्दोलन अर्न्तगत सरकारी कार्यालयमा ताला लगाई धर्ना दिन पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu