ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले ल्यायो विद्युतीय तथ्यांकसम्बन्धी ऐन, नेपालमा कहिले ?


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   ३ : ०१   बजे

काठमाडौं, २८ साउन । व्यक्तिका विद्युतीय तथ्यांकहरूको सुरक्षा गर्न नसके वा त्यसको दुरुपयोग गरे २५० करोड भारतीय रुपैयाँ ९४ अर्ब नेरु० सम्म जरिवाना तिर्नुपर्ने व्यवस्थासहित भारतका दुवै सदनले डिजिटल पर्सनल डाटा प्रोटेक्सन बिल, २०२३ पारित गरेका छन् । भारतीय नागरिकको गोपनीयताको सुरक्षा गर्ने लक्ष्य लिएको भए पनि उक्त कानुनले निगरानीको नीति लिनुका साथै सूचनाको हक र प्रेस स्वतन्त्रतामा अंकुश लगाउन खोजेको टिप्पणीसमेत भइरहेको छ ।

गएको बुधबार राज्यसभाले विधेयक पारित गर्ने क्रममा प्रतिपक्षी दलका सांसदहरू विरोधस्वरूप सभाहलबाट बाहिरिएका थिए । भारतीय कंग्रेसका वरिष्ठ नेता एम विरप्पाले सो कानुन ‘प्रतिगामी’ भएको र त्यसले ‘स्थायी रूपमै संकटकाल लगाउने’ उद्देश्य राखेको बताएका छन् । उनका अनुसार उक्त कानुनमा सूचनाको हकसम्बन्धी ऐनमा संशोधन गर्दै व्यक्तिहरूका व्यक्तिगत डेटा वा विद्युतीय तथ्यांकमा छुट हुन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ, जसअनुसार सूचनाको हकमा आधारित रहेर दिइएका निवेदनको जवाफ दिँदा मन्त्री तथा सरकारी अधिकारीहरूले विवरण नखुलाए पनि हुने भएको छ ।

विधेयक पारित हुनुअघि समाचार सम्पादकहरूको संस्था एडिटर्स गिल्ड अफ इन्डियाले पनि यसले प्रेस स्वतन्त्रतामा पार्न सक्ने असरबारे चासो व्यक्त गरेको थियो । ‘विधेयकले आम नागरिक, पत्रकार र उनीहरूका स्रोतमाथिको निगरानीका लागि बाटो खोल्ने किसिमको मापदण्ड बनाउने देखिन्छ,’ गिल्डले भनेको छ, ‘हामी यो विधेयक संसदीय समितिमा पठाउन अनुरोध गर्छौं ।’ विरोधमाझ नै पारित विधेयक हाल ऐन को दफा १७ ९२० ले वैयक्तिक विवरण प्रशोधन गर्न सरकारलाई विशेष छुट दिएकामा पनि धेरैको आपत्ति छ । सो ऐनमा बालबालिका र सीमान्तकृत समुदाय जस्ता संवेदनशील समूहको गोपनीयता सुरक्षाका लागि पर्याप्त व्यवस्था नगरिएकामा नागरिक समाजका प्रतिनिधिले आपत्ति जनाएका छन् ।

विविध चासोमाझ भारतका उद्यमी, व्यवसायीले भने ऐनको स्वागत नै गरेका छन् । डाटा गोपनीयता र जवाफदेहिता कायम गर्न यो कानुन कोशेढुंगा हुने उनीहरूको भनाइ छ । ऐनले देश तथा विदेशका फर्महरूलाई वैध प्रयोजनका लागि डिजिटल रूपमा डाटा प्रोसेसिङका मापदण्ड तय गर्नुका साथै विवाद समाधानका लागि न्यायिक संयन्त्र सिर्जनाको परिकल्पना गरेको छ । भारतमा डाटा संरक्षण बोर्ड गठन हुने व्यवस्था यसमा छ, त्यसलाई स्वतन्त्र निकाय नबनाएकामा पनि नागरिक समाजले प्रश्न गरेको छ । यी व्यवस्था ६ देखि १० महिना वा त्योभन्दा चाँडै कार्यान्वयनमा आउने इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले बताए ।

ऐनले प्रत्यक्ष वा परोक्ष रूपमा कुनै पनि व्यक्तिको पहिचान खुल्ने सूचनालाई ‘पर्सनल डेटा’ का रूपमा परिभाषित गरेको छ । पर्सनल डेटा संकलन, प्रशोधन वा भण्डारण गर्ने निकायका रूपमा ‘डेटा फिडुसियरी’ को व्याख्या गरेको छ । ऐनले वैध प्रयोजनका लागि मात्रै व्यक्तिका विवरण संकलन वा प्रशोधन गर्न मिल्ने स्पष्ट पारेको छ । त्यसका लागि अनुमति, करार, कानुनी दायित्व, अत्यावश्यक चासो, सार्वजनिक हित तथा वैध चासो प्राप्त गर्न अनिवार्य गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group