ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन प्रकरण: विमानस्थलबाटै समातिएका अडुकियासहित दुई चिनियाँ नागरिक हिरासतमुक्त


एबीसी न्यूज
२८ श्रावण २०८०, आइतबार   ३ : १९   बजे

काठमाडौं, २८ साउन । राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक हिरासतमुक्त भएका छन् ।
राजस्वले कालोसूचीमा राख्न गरेको अनुरोधका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी को जिम्मा लगाएको थियो ।

उनीहरुसँगै व्यवसायी रोहन अडुकिया पनि हिरासतमुक्त भएका केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

राजश्व अनुसन्धान विभागले २ साउनमा हङकङबाट आएको करिब एक क्विन्टल सुनसहित ‘ब्रेक शु’ बरामद गरेको थियो । यस प्रकरणमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो।

राजश्वको पत्राचारपछि अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि समातेको थियो ।

व्यवसायी राकेश अडुकियाका छोरा रोहन दिल्लीबाट आएलगत्तै विमानस्थलबाटै पक्राउ परेका थिए । तर, उनको संलग्नता स्पष्ट देखिने आधार नदेखिएको भन्दै सीआईबीले बुझ्न मानेको थिएन ।

राजश्व अनुसन्धान विभागले पनि ‘त्यससम्बन्धी सबै विवरण सीआईबीतिर गइसकेको’ भन्दै अडुकियालाई जिम्मा लिएका थिएनन् । उनलाई प्रहरीले बोलाएको बेला उपस्थित हुने शर्तसहित छाडिएको स्रोतले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group