ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोक सुनकोशीका शिक्षकहरु आन्दोलित


एबीसी न्यूज
२९ श्रावण २०८०, सोमबार   ८ : ३७   बजे

काठमाडौ साउन २९ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको निर्णय अनुसार आइतबार नेपालभरका ७५३ वटा स्थानीय तहमा बिरोध तथा माग पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ ।यसैक्रममा नेपाल शिक्षक महासंघ, सिन्धुपाल्चोक सुनकोशीको आयोजनामा शिक्षकहरूले गाउँपालिकामा धर्नासहित ज्ञापनपत्र बुझाएका छन ।ऎन २०७४ लाई शिक्षा ऎन २०२८ तथा शिक्षा नियमावली २०५९ खारेज नहुदै कार्यान्वयनमा ल्याउनु आपत्तिजनक भएको तथा बिधमान ऎन कानुन संग बाझिन गएको जनाएको छ ।

तत्काल समस्या समाधानको पहल नगरेमा सुनकोशी महासंघले चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताएको छ । संघीय शिक्षा ऐनको बिरोधमा देशैभरिका पालिकामा बिरोधका कार्यक्रमको सुरुवात गर्दै शिक्षक महासंघले बिरोधस्वरुप धर्ना दिएको हो। त्यस्तै महासंघले साउन ३० गते जिल्ला शिक्षा समन्वयमा बिरोध प्रदर्शन गर्दैछ । संघीय शिक्षा ऐनले शिक्षकहरुको अधिकार कुण्ठित गरेको र पहिले भैइसकेको ५१ बुदे र ३० बुदे सहमती बिपरित रहेको भन्दै देशै भरिका शिक्षाकहरु आन्दोलित भएका हुन् ।

धर्नापछी ज्ञापनपत्र बुझाउदै नेपाल शिक्षक महासंघ सुनकोशीका अध्यक्ष सिताराम पराजुलीले देशको विभिन्न राजनैतिक परिवर्तनमा शिक्षकको महत्त्वपूर्ण भुमिका रहेको भन्दै सरकारले सधैं शिक्षकलाई उपेक्षा गर्न नहुने बताए । त्यस्तै ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष टपेन्द्र प्रसाद तिमल्सिनाले शिक्षकहरूको मागप्रति आफू सकारात्मक रहेको भन्दै आन्दोलनमा आफ्नो नैतिक समर्थन रहेको बताए । धर्ना कार्यक्रममा शिक्षक नेताहरू नेपाल शिक्षक संघ सुनकोशीका अध्यक्ष साङ्ग दोर्जे लामा, नेपाल शिक्षक संघ जिल्ला सदस्य कृष्ण उप्रेती, नेपाल रास्ट्रीय शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका शिक्षकहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group