ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुर उपमहानगरमा पराजित अनिता संघीय मन्त्रीमा ‘बढुवा’


एबीसी न्यूज
२९ श्रावण २०८०, सोमबार   १ : १७   बजे

काठमाडौं, २९ साउन । गाउँमा रहँदा सामाजिक क्षेत्रमा क्रियाशील अनितादेवी साहले सोचेकै थिइनन् संघीय मन्त्री बन्ने अवसर पाइन्छ भनेर।

तर, राजनीतिमा कोही कसैले प्राप्त गर्ने दुर्लभ संयोग साहले पाएकी छन्। उनी सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेर सिंहदरबार भित्रिएकी छन्।

जनतम पार्टीबाट समानुपातिक सांसद बनेकी ४१ वर्षकी उनले जनसंख्या विषयमा स्नातक ९बिए० गरेकी छन्।

रोचक संयोग नै मान्नुपर्छ २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा उनी जनकपुर उपमहानगरपालिकाको प्रमुख पदकी उम्मेदवार बनेकी थिइन।

तर, निकै कम मात्रै मत उनले पाइन। र, यही टर्निङ पोइन्ट हो, जसले उनका लागि सिंहदरबारको ढोका खुल्न पुग्यो।

राजनीतिक सक्रियता
डा। सीके राउतले ९ वर्षअघि सुरु गरेको किसानसँग सम्बन्धित आन्दोलनमा उनी सहभागी हुन्थिन्। त्यही बेलादेखि राजनीतिप्रति उनको रुचि बढ्न थाल्यो।

अन्ततः जनमत पार्टीको जनकपुर इन्चार्ज भएर झण्डै तीन महिना काम पनि गरिन्।

राजनीतिमा सुखद संयोग नै मान्नुपर्छ, त्यही तीन महिना पार्टीको नेतृत्व गरेको अनुभवले साहलाई स्थानीय तहको सरकारको नेतृत्व गर्ने हुटहुटी चलायो।

जनकपुर उपमहानगरपालिकाको प्रमुखको उम्मेदवार बनेकी उनले निकै थोरै मत पाइन्। तर, राजनीतिमा लाग्न लागि त्यही नै उनका लागि प्रमुख खुड्किलो भइदियो।

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जनमतका अध्यक्ष डा। सीके राउतले एक क्षेत्र जिते। यस्तै तराई मधेश लगायतका क्षेत्रबाट झण्डै पाँच लाख मत पाएर जनमत राष्ट्रिय दल बन्यो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अनितादेवीले खाइन् शपथ
जनमत राष्ट्रिय दल भएपछि समानुपातिकमा ५ सिट जित्यो। त्यही पाँच सिट पाएपछि अनिताले सांसद बन्ने अवसर पाइन्।

जनमत पार्टीको सुरुवातदेखिनै जोडिएकी भएर उनी सांसदमा स्वभाविक दाबेदार थिइन्। त्यही अनुसार उनी सांसद पनि बनेकी छन्। सांसद बनेको पहिलो चरणमै उनले मन्त्री बन्ने अवसर पाएकी छन्।

यसअघि चैत १७ गते जनमतबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएपछि जनमत सरकारमा थिएन।

के भन्छन् सीके राउत
जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले अनितालाई मधेशमा भएको किसान आन्दोलनमा अग्रमोर्चा सम्हालेकी नेतृ भनेका छन्।

राउतका अनुसार उनकै नेत्तृत्वमा धनुषाको पोर्ताहामा आन्दोलन हुँदा प्रहरीले गोली चलाएको थियो। जहाँ गोली लागेर अनिताका श्रीमान्‌सहित अन्य चारजना कार्यकर्ता घाइते भएका थिए। उनलाई पछि पटक(पटक घेरा हालेर प्रहरीले कुटपिटत गरेका थिए।

उक्त आन्दोलनअघि पार्टीमा प्रवेशपछि उनलाई धनुषा जिल्लाको इन्चार्जको भूमिका दिइएको थियो। उनले जनमतलाई वडासम्म लग्न अधिवेशन गराएर संगठन विस्तार अभियानमा प्रमुख भूमिका निर्वाह गरेको राउतले बताए।

अनिता जनकपुरमा भएको जनमत पार्टीको महाधिवेशनको आयोजक समितिकी अध्यक्ष पनि थिइन्। हाल उनी जनमत पार्टीको राष्ट्रिय सचिव हुन्। उनलाई संसदीय दलको प्रमुख सचेतकको भूमिमा पनि दिइएको थियो।

जनसंख्यामा स्नातक उनले यसभन्दा पहिला मानवअधिकारको क्षेत्रमा ओरेक नेपालसहितका संस्थामा काम गरिसकेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group