ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कैदी मृत्यु प्रकरण : थप चार प्रहरीसहित जेलरलाई नियन्त्रणमा लिने तयारी


एबीसी न्यूज
२९ श्रावण २०८०, सोमबार   ३ : १७   बजे

काठमाडौं, २९ साउन । संखुवासभामा कारागारका कैदीद्वय विनोद तोलांगी र आकाश बलामी मृत्यु प्रकरणमा थप चार प्रहरीको भूमिका शंकास्पद देखिएको छ ।

यसअघि, सो प्रकरणमा प्रहरी सहायक निरीक्षक असई लक्ष्मी चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाइ जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले नियन्त्रणमा लिएको थियो । उनीमाथि अनुसन्धान गर्न प्रहरीले पाँच दिनको म्याद समेत लिएको छ ।

असई चौधरीले दिएको बयान र कारागार परिसरको सीसीटीभीमा देखिएको दृश्यका आधारमा थप चार प्रहरीको भूमिका शंकास्पद देखिएको संखुवासभाका प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

प्रहरीबाहेक पीडितका आफन्तको किनाटी जाहेरीका आधारमा जेलर राजेन्द्र घिमिरेविरुद्ध समेत अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

आइतबार ९हिजो० घिमिरेविरुद्ध पक्राउ पुर्जी जारी भएको डीएसपी गोदारले बताए । मृतकका आफन्तले गएको शनिबार जेलरसहित डिउटीमा खटिएका प्रहरीविरुद्ध जाहेरी दिएका थिए ।

जेलर घिमिरेले भने घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए । “घटना राति साढे १ बजेतिरको हो, म घरमा थिएँ । प्रहरीका असईले मलाई दुईजना कैदी भाग्न खोजेपछि नियन्त्रणमा लिएर राखेका छौँ भनेर जानकारी दिए । बिहान मात्रै उनीहरू घाइते भएर अस्पताल लगिएको थाहा पाएँ । यसमा मेरो के कमजोरी भयो रु,” घिमिरेले प्रश्न गरे, “अहिले मविरुद्ध समेत पक्राउ पुर्जी आयो भन्छन्, म अचम्ममा परेको छु ।”

अहिले घिमिरेलाई जिम्मेवारीबाट हटाइएको छ । उनको ठाउँमा विमल पौडेललाई जिम्मेवारी दिइएको छ ।

यही साउन २४ गते बिहान करिब १ बजे कैदी २० वर्षीय तोलांगी र २७ वर्षीय बलामीले कारागारको ब्लकको झ्यालको रड काटी भाग्ने प्रयास गरेका थिए ।

डिउटीमा रहेका प्रहरीले त्यो देखेपछि कारागार प्रशासन समेतलाई जानकारी गराइएको थियो । उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अरू कैदी तथा प्रहरीले कुटपिट गरेका जनाइएको छ ।

घाइते दुवैको उपचारका क्रममा जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group