ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्द्रागिरि हिल्सको नाफा बढ्यो, लाभांश भने नपाउने


एबीसी न्यूज
३० श्रावण २०८०, मंगलबार   १ : २४   बजे

काठमाडौ साउन ३० । सञ्चालन आम्दानी बढेसँगै चन्द्रागिरि हिल्स‍को नाफा पनि उल्लेख्य बढेको छ ।कोभिडपछि पर्यटन व्यवसाय चलायमान बन्दै जाँदा चन्द्रागिरि हिल्सको आम्दानीसँगै नाफामा पनि उल्लेख्य सुधार भएको हो ।कम्पनीले गत आर्थिक वर्ष २०७९र८० मा १५ करोड ११ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।अघिल्लो आर्थिक वर्ष २०७८र७९ मा एक करोड ६८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमो नाफा उल्लेख्य रुपमा बढाएको हो ।

कम्पनीको सञ्चालन आम्दानी बढेर ९१ करोड ३४ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा ६६ करोड ८९ लाख ७८ हजार रहेको सञ्चालन आम्दानीमा उल्लेख्य वृद्धि हुँदा नाफा पनि बढेको हो ।व्यवसाय बढ्दै जाँदा कम्पनीको वस्तु बिक्रीको लागत केही बढेर १२ करोड ८ लाख पुग्दा कम्पनीको कुल आय ७९ करोड २६ लाख रहेको छ ।कर्मचारीको सेवासुविधा तथा खर्च १३ करोड २१ लाख रुपैयाँ र अन्य खर्च १२ करोड १२ लाख पुगेको छ ।कम्पनीको आम्दानी बढेपनि वित्तीय लागत बढ्न गएको छ ।

अघिल्लो आर्थिक वर्षमा २२ करोड ९६ लाख रहेकोमा वित्तीय लागत बढेर गत आर्थिक वर्षमा २७ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।खर्चमा वृद्धिका बाबजुत पनि कम्पनीको आयमा भएको वृद्धिले नाफा बढेको हो । नाफा बढे पनि सञ्चित नोक्सानीमा रहेकोले कम्पनीका सेयरधनीले लाभांशको लागि भने अझै केही वर्ष पर्खनुपर्ने हुन्छ ।एक अर्ब ५३ करोड ४१ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको सञ्चित घाटा २३ करोड ४४ लाख ७२ लाख रुपैयाँ छ ।कम्पनीले नाफा कमाउन लागे पनि सञ्चित घाटा बाँकी रहेकोले लाभांशको लागि केही वर्ष पर्खनुपर्ने भएको हो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ २२ पैसाबाट बढेर ८४ रुपैयाँ ७२ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात २४६।६३ गुणा रहेको छ ।गत आर्थिक नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी बढेर ९ रुपैयाँ ८५ पैसा पुगेको छ । कम्पनीको बैंक ऋण २ अर्ब २८ करोड ४९ लाख रुपैयाँ बाँकी छ । २०७९ असारमा २ अर्ब ३६ करोड ३५ लाख रुपैयाँ रहेको ऋण घटाउँदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu