ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष पदमा मेरो उम्मेदवारीलाई अधिकांश गैरआवासीय नेपालीको समर्थन छ : आरके शर्मा


एबीसी न्यूज
३१ श्रावण २०८०, बुधबार   १ : ०३   बजे

काठमार्डौ, ३१ साउन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एनआरएनए को आउँदो कार्यकालका लागि अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार शर्मा आरकेले आफुलाई विश्वमा रहेका अधिकांश गैरआवासीय नेपालीहरुको समर्थन रहेको बताएका छन् ।

शर्माले आफू सम्पूर्ण रुपले नेतृत्व हाँक्न सक्षम रहेको भन्दै अब कुनै पनि अवस्थामा आफुलाई पछि हट्ने छुट नभएको बताए । अध्यक्षका लागि आफु स्वभाविक उम्मेदवार भएको उनले दाबी गरे ।

‘मेरो बेला पनि अब उपाध्यक्षबाट अघि जाने बाटो भनेको अध्यक्षमा नै हो,’ शर्माले भने । आफुले आईसिसि सदस्य, मध्यपुर्व संयोजक, सचिव, उपाध्यक्ष भएर संघका विभिन्न जिम्मेवारी पुरा गरिसकेकाले अवको आफ्नो गन्तब्य अध्यक्ष नै भएको बताए । अधिकांश गैरआवासीय नेपालीको समर्थन आफूलाई रहेको दावी शर्माको छ ।

‘म कुनैपनि हालतमा ब्याक हुँदिन । अहिले म एउटा व्यक्ति उठेको होइन मेरो उम्मेदवारी मध्यपुर्वको संयुक्त उम्मेदवार हो । मलाई आम गैरआवासीय नेपालीको साथ र सहयोग छ,’ शर्माले भने, ‘विश्वभरका अधिकांश गैरआवासीय नेपालीको विश्वासलाई मैले कहिलै टुट्न दिन्न ।’ विदेशमा रोजगारी गर्ने नेपालीको दुःखमा मलमपट्टी लगाउनको लागि भए पनि आफू एनआरएनए अध्यक्ष बन्नुपर्ने शर्माको दावी रहेको छ । शर्माले छिट्टै औपचारिक रुपमा आफ्नो प्रतिबद्दतासहित उम्मेदवारी घोषणा गर्ने बताए ।

आफूलाई एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो,पुर्व अध्यक्षहरु र एनआरएनए अभियन्ताहरुको पनि समर्थन रहेको शर्माले बताए । मलाई मेरा एजेण्डामा विश्वास छ । त्यो एजेण्डालाई एनआरएनएका संस्थापकहरूले पाखा राखेर अरु एजेण्डालाई काखा राख्न कहिँ पनि सक्नुहुन्न्, शर्माले भने, ‘सबै पूर्व अध्यक्षहरूले मध्यपूर्व क्षेत्रको एउटा नेतृत्व हुनुपर्छ भनेर भन्नु भएको छ । एनआरएनएलाई पैसावालको क्लब भनेर लागेको दाग यसपटकबाट मेटाउनु पर्छ भन्ने पक्षमा सबै अभियन्ताहरू हुनुहुन्छ ।’

अहिले उपाध्यक्षको जिम्मेवारीमा रहेका शर्मा आउने कार्यकालमा अध्यक्षमा बाजी मार्न विश्व दौडाहमा छन । शर्मा कतार र नेपालमा व्यवसाय गर्छन । उनी सफल ब्यावसायी र समाजसेवी पनि हुन । उनले श्रमिकका मुद्दालाई मुख्य एजेण्डा बनाएका छन । हाल मध्यपुर्व, मलेसिया, कोरिया, युरोपमा ३० लाखभन्दा बढी श्रमिकहरु कार्यरत रहेका छन । शर्माले यिनै श्रमिकका मुद्दा र विश्वमा रहेका लाखौ गैर आवासीय नेपालीहरुको मुद्दा ऊठाउने जनाएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu