ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्टा पठाउने नाममा ठगी : कमानसिंहले अन्तत: फिर्ता गरे ९ जना युवाको पैसा


एबीसी न्यूज
३१ श्रावण २०८०, बुधबार   ५ : १२   बजे

काठमार्डौ, ३१ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिका–९ का कमानसिंह कामीबाट ठगिएका ९ जनाले पैसा फिर्ता पाएका छन्।

मंगलबार साँझ ९साउन ३०० गते पीडितहरुले आफ्नो ठगिएको पैसा फिर्ता पाएका हुन्।

यसअघि नेपालखबरले राम्रो रोजगारीको लागि युरोपियन मूलक माल्टा पठाउँछु भन्दै कमानसिंहले ठगी गरेको विषयमा समाचार प्रकाशित गरेको थियो।

लगातार सातवटा समाचार प्रकाशित भएपछि कमानसिंहको आफन्तले ९ जना पीडितलाई पैसा बैंक खातामा फिर्ता पठाएका हुन्।

गुर्भाकोट नगरपालिका–९ का कमानसिंहले सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहका नागरिकलाई माल्टा पठाइदिने भन्दै ठगी गरेका थिए। ती ठगिनेमध्ये ९ जनाले पैसा फिर्ता पाएको पीडित हरिबहादुर वलीले जानकारी दिए।

उनका अनुसार पैसा फिर्ता पाउनेमा गुर्भाकोट नगरपालिका–३ बस्ने लक्ष्मी पुन, वडा नम्बर ४ सहारे बस्ने हरिबहादुर वली, गुर्भाकोट–९ बोटेचौरका दीपक वली, नन्दलाल घर्ती, तुलबहादुर बुढा, छविकुमार खत्री र गुर्भाकोट नगरपालिका–११ बस्ने शेरबहादुर पुन मगर, भेरीगंगा नगरपालिका–८ खिमबहादुर डीसी र भेरीगंगाकै(६ का रमेश पुन मगर रहेका छन्।

उनीहरु सबै जनालाई दिलबहादुर विकको नामबाट मंगलबार साँझ पैसा फिर्ता दिएको वलीले जानकारी दिए।

पीडितहरुले यही साउन १० गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कमानसिंह कामीविरुद्ध ठगीको जाहेरी दिएका थिए।

तर, मंगलबार पैसा फिर्ता गरेपछि मुद्दा पनि टुंगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक ९डीएसपी० लक्ष्मणबहादुर शाहीले जानकारी दिए।

‘वैदेशिक रोजगार ठगी, बैंकिङ्ग कसुरका मुद्दा मिलापत्र गर्न सकिने हुन्। यसमा मुख्य कुरा भनेको बिगोको हो’, उनले भने, ‘पैसा पाएपछि मिलापत्र गर्न मिल्छ। उहाँहरु दुवैपक्ष आउनुभयो। पैसा पाएको भौचर ल्याएर आएपछि बिगो रहेन। अनि मिलापत्र गरेर जानु भयो।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu