ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा विषालु च्याउ खाएर बिरामी परेकी बालिकाकाे ज्यान गयाे


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ७ : ३५   बजे

काठमाडौ साउन ३२ । दाङमा विषालु च्याउ खाएर बिरामी परेकी एक बालिकाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका(४ की ११ वर्षीया अस्मिता सुनारको हिजो ज्यान गएको हो । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेकी उनको उपचारका क्रममा बुटवलमा ज्यान गएको हो । अस्मितालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारपछि मङ्गलवार बेलुकी थप उपचारका लागि बुटवल लगिएको थियो । यस्तै, च्याउ खाएर बिरामी परेकी उनकी आमा २७ वर्षीया ईश्वरी सुनारको पनि अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा आईसीयूमा राखेर उपचार भइरहेको छ । उनका श्रीमान् अजय सुनारको पनि प्रतिष्ठानमै उपचार भइरहेको छ ।अस्ति मङ्गलवार जङ्गलमा भेटिएको च्याउ पकाएर खाँदा बङ्गलाचुली गाउँपालिका–४ मा एकै घरका तीन जना बिरामी परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

सम्बन्धित

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu