ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धादिङमा ४१ करोड विद्युत् महसुल उठाउन बाँकी


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ७ : ५१   बजे

काठमाडौ साउन ३२ । धादिङमा विद्युत्को बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत् महसुल उठ्न बाँकी देखिएको हो ।त्यसमध्ये धुनिबेसी नगरपालिकामा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगको मात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत् महशुलबारे अदालतमा मुद्दा गरिरहेको छ ।

महसुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत् लाइन काटिए पनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत् प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए एक सय तीन जनालाई विद्युत् प्राधिकरणले धादिङमा कालोसूचीमा राखेको छ । विद्युत् लाइन काटेपछि नेपाल विद्युत् प्राधिकरणले चार करोड २६ लाख ७४ हजार दुई सय ४० रुपैयाँ असुली गरेको प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका ग्राहकबाट ३७ लाख १२ हजार तीन सय एक रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।कालोसूचीमा राखेपछि सरकारी बाँकी सरह असुल गर्ने र तिन पुस्तेमा पर्नेलाई विद्युत् सेवा नदिने नियम समेत छ ।

धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाडौँ र भक्तपुरमा समेत उनीहरूको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।धादिङमा विद्युत् चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत् सञ्चालन गरे पनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन ।प्राधिकरण धादिङ शाखाका न्यौपानेका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत् चोरीमा गर्ने दुई सय ९४ जनालाई कारबाही समेत गरेको छ । उनीहरूबाट १४ लाख ८१ हजार ९६ रुपैयाँ जरिवाना असुल पनि गरेको छ ।

तर पनि चोरी निर्मूल पार्न सकेको छैन । यस भन्दा अघिल्लो वर्षमा नेपाल विद्युत् प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत् चोरी अन्तरगत कारबाही गरेको थियो ।गत आर्थिक वर्षमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत् बिक्री गरी एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत् बिक्री गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत् प्राधिकरणले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीमा एमालेका ६ मन्त्रीले दिए राजीनामा

आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना

सम्बन्धित

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

नेपालले आज पाकिस्तानमा कजाखस्तानसँग खेल्ने

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu