ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन सकिए पनि रोपाइँको काम अझै बाँकी, धानको उत्पादन घट्ने


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   ८ : ३४   बजे

काठमाडौ साउन ३२ । देशभर यसवर्ष झण्डै ९० प्रतिशत मात्र रोपाइँ भएको छ । अघिल्लो वर्ष यही अवधिमा ९४ प्रतिशतसम्म रोपाइँ भएको थियो । देशभर १४ लाख ८८ हजार ४९ हेक्टरमा धान रोपाइँ हुन्छ । तर यसपालि झण्डै १३ लाख हेक्टरमा मात्रै रोपाइँ भएको छ ।कृषि मन्त्रालयका अनुसार सबैभन्दा कम मधेस प्रदेशमा ७० प्रतिशत मात्रै रोपाइँ भएको छ । अब रोपाइँ हुन नसके धानको उत्पादन घट्ने र नेपालले गर्दै आएको धानरचामलको आयात थप बढ्नेछ । यसवर्ष धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । विशेषगरी मधेस, बाग्मती र गण्डकीमा ढिला मनसुन शुरु हुँदा र पशुचौपायामा फैलिएको लम्पी स्किन रोगका कारण रोपाइँमा कमी भएको कृषि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सवनम शिवाकोटीका अनुसार यसवर्ष सबैभन्दा कम मधेसमा झण्डै ७० प्रतिशत रोपाइँ भएको छ । अझै केही दिन रोपाइँ हुने भएकाले यो तथ्याङ्क बढ्ने अनुमान छ । गएको वर्ष मधेसमा साउन सकिँदा झण्डै ९३ प्रतिशतसम्म रोपाइँ भएको थियो ।मनसुनमा पानी नपर्दा आकाशे पानीको भरमा रहेका मधेस प्रदेशका धेरै किसानले धान नै रोप्न पाएनन् । तर केही दिनअघिको पानीले थोरै भए पनि राहत पुगेको किसानको भनाइ छ ।

मधेस प्रदेशका आठवटै जिल्लामा गरी कुल पाँच लाख ७४ हजार तीन सय ६० हेक्टर खेतीयोग्य जमिन रहेकोमा चार लाख पाँच हजार चार सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँ योग्य जग्गा छ ।साउनको तेस्रो हप्तासम्म ६० प्रतिशत मात्रै रोपाइँ भएकोमा पानी परेपछि झण्डै १० प्रतिशत बढेर ७० प्रतिशत पुगेको मधेस प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता एवम् खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवर्द्धन महाशाखाका प्रमुख रोशन मेहताले बताएका छन ।

धान उत्पादनको धेरै हिस्सा ओगट्ने तराई–मधेसलाई अन्नको भण्डार मानिन्छ । धानबाली विज्ञ सुशील सुवेदीका अनुसार यसवर्ष उत्पादन घट्ने देखिएको छ । भदौ पहिलो हप्तासम्म पनि तराईका केही क्षेत्रमा रोपाइँ हुन सक्ने तर असार–साउनमा रोपेको धानले दिने जति उत्पादन नदिने विज्ञको भनाइ छ ।बुढो भएको बिउबाट त्यति धेरै फल नलाग्ने धानबाली विज्ञ सुवेदी बताउनछन । धेरै धान फल्ने क्षेत्रमै कम रोपाइँ हुँदा उत्पादन घट्ने चिन्ता छ ।

जग्गा बाँझो राख्नुभन्दा बिउको जोहो गर्न सके धान रोप्न र धानबाली नभए अरु दलहन, कोदोजन्य बाली तथा तरकारी खेती गर्न उनको सुझाव छ ।सुक्खायाममा पनि उत्पादन हुन सक्ने बाली लगाएर बाँझो जग्गाको सदुपयोग गर्न र उत्पादन लिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास अझै सफल हुन सकेन

त्रिशूली–३ ‘ए’ को सुरुङमा ‘क्राउन ब्लास्ट’ गरिए पनि उद्धार सफल हुन सकेन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu