ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडकमा लतारिएको तारबाट करेन्ट लागेर मृत्यु, विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द


एबीसी न्यूज
३२ श्रावण २०८०, बिहिबार   १० : ०८   बजे

काठमाडौं, ३२ साउन । कञ्चनपुरमा सडकमा लतारिएको तारबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। यसपछि आक्रोशित आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गमा लतारिएको विद्युतको तार छुँदा ओडलाई बुधबार बेलुका करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक ओडको शव अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।

विद्युत प्राधिकरणले लापरबाहीले तार भुइँमा लतारिँदा करेन्ट लागी ज्यान गएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्। विरोधमा उनीहरुले बिहीबार बिहानैदेखि सुकासाल क्षेत्रमा पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्। टायर बालेर राजमार्ग बन्द गराइएको हो। विद्युत प्राधिकरणको लापरबाहीले ज्यान गएको भन्दै मृतकको परिवारलाई उचित क्षतिपूर्तिको माग उनीहरुले राखेका छन्। ओडका तीन छोराछोरी छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group