ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् खुलाउन दलहरू सहमति नजिक, भोलि ४ बजे पुनः बस्ने


एबीसी न्यूज
३ भदौ २०८०, आइतबार   ३ : ३५   बजे

काठमाडौं, ३ भदौ । संसद् अवरोध खोल्न राष्ट्रिय मान्यता प्राप्त ७ राजनीतिक दलहरू सहमति नजिक पुगेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा संसदलाई लामो समय अवरुद्ध गर्न नहुने निष्कर्ष निकाल्दै दलहरू संसद्को गतिरोध हटाउन सहमति नजिक पुगेका हुन्।

यद्यपि यसबारे भोलि ९सोमबार० अपरान्ह ४ बजे सिंहदरबारमा पुनः बैठक बसेर निर्णय गर्ने नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले नेपालखबरलाई जानकारी दिए।

‘आजको छलफल भित्रि इस्युमा पनि भयो। सकारात्मक भएको छ। यसलाई निरन्तरता दिनुपर्छ,’ नेम्वाङले भने।

दलहरूभित्र छलफल गरेर पुनः सोमबार सर्वदलीय बैठक बस्ने पनि उनले जानकारी दिए।

‘सदन एक सेकेन्डपनि अवरोध हुनु हुँदैन भन्ने मान्यतामा हामी सबै छौं, जनताका कुरा अवरुद्ध पार्न हुँदैन,’ नेम्वाङले भने, ‘उक्त निष्कर्षसहित भोलि पुनः छलफल गर्ने। त्यसअघि सबैले दलभित्र व्यापक छलफल गर्ने समझदारी बनेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu