ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भने : सीआईबीको अनुसन्धानमा असर पर्छ, अहिले उच्चस्तरीय समिति नबनाऊँ


एबीसी न्यूज
३ भदौ २०८०, आइतबार   ३ : ४०   बजे

काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ३ गते बरामद भएको साढे ६० केजी सुन तस्करी प्रकरणमा अहिले नै उच्चस्तरीय छानबिन समिति बनाउन नसकिने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा एमालेका मागहरुबारे सुनिसकेपछि उनले यस्तो बताएका हुन्।

बैठकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सुन तस्करी प्रकरणमा राजनीति र उच्च तहका नेताहरु पनि संलग्न भएको तथ्यहरु आएकाले उच्चस्तरीय समिति चाहिने अडान लिएका थिए।

‘यस्तो अवस्थामा पनि ती व्यक्तिलाई छानबिनका लागि सीआईबीले बोलाएन’, उनले बैठकमा भने, ‘ललिता निवासको सरकारी जग्गा र नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि सानालाई मात्रै समातियो। ठूला तानिने भएपछि अनुसन्धानमै हस्तक्षेप गर्ने काम भयो।’

एमालेले बैठकमा छानबिनका लागि उच्चस्तरीय समिति चाहिने अडान कायमै राखेको प्रमुख सचेतक पदम गिरीले बताए।

‘तर प्रधानमन्त्तीले सीआईबीको अनुसन्धान प्रभावित हुन्छ, अहिले नै उच्चस्तरीय समिति नबनाऊँ भन्नु भयो’, उनले भने, ‘तर उहाँ अघिल्ला दिनभन्दा केही लचिलो हुनु भएको छ। सम्भवतस् सरकार पनि उच्चस्तरीय समितिका लागि तयार भएको हाम्रो अनुमान छ।’

तर एमालेले बैठकमा सीआईबीको अनुसन्धान नबिग्रिने गरी, अहिले भएका कमी पनि हटाउने गरी नीतिगत सुधारका लागि उच्चस्तरीय समित चाहिन्छ भनेको गिरीले बताए।

प्रधानमन्त्रीले सीआईबीले अनुसन्धान सक्न १५ दिनजति लाग्ने बताएको अवस्थामा आफूहरुले कुर्न नसक्ने बताएको जानकारी दिए।

‘हामी १५ दिन कुर्न सक्दैनौँ, सदनको अवरोधबारे हाम्रो माग उच्चस्तरीय समिति हो। यसमा यथावत छौँ। सदनमा माननीयहरुलाई बोल्न दिने गरी अघि जान्छौँ’, उनले भने, ‘हाम्रो बुझाइमा सरकार उच्चस्तरीय समिति बनाउने दिशातिर जाँदैछ, त्यो सम्भावना छ।’

सरकार उच्चस्तरीय समिति बनाउन तयार नभए सदन नखुल्ने उनले बताए। ‘संसद्‍को बिजनेसतिर जाँदैनौँ। सांसदहरुले बोल्न दिने हो। संसद् बैठक सरकारको अकर्मण्यताले रोकिएकोहो’, उनले भने, ‘अहिलेकै सीआईबीबाट सानातिनालाई ल्याउने अरुलाई उन्मुक्ति दिने काम भएको छ। भोलि या पर्सि प्रधानमन्त्रीले बैठक बोलाउँदैछन्। प्रधानमन्त्री उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा केही लचिलो देखिएका छन्।’

प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थीको प्रकरणमा दोस्रो चरणको अनुसन्धान हुन्छ भनिरहँदा प्रहरी अधिकृतहरुको सरुवा गरिएको गिरीले बताए।

‘ललिता निवासमा पनि सत्ता पक्षले प्रभावित गर्ने काम भएको छ। देशमा भ्रष्टाचारीहरुलाई संरक्षण गर्ने काम सरकारबाट भइरहेको छ’, उनले भने, ‘उच्चस्तरीय छानबिन समितिबाटै निष्कर्ष निकाल्नुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group