ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले अध्यक्ष ओली अनुपस्थित भएपछि बैठक औपचारिकतामै सीमित


एबीसी न्यूज
३ भदौ २०८०, आइतबार   ६ : २०   बजे

काठमाडौं, ३ भदौ । संसदको जारी गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा कुनै सहमति हुन सकेन । संसद अवरोध गर्ने दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएपछि बैठक औपचारिकतामै सीमित भयो ।

एमालेले ६० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै निरन्तर संसद अवरोध गर्दै आइरहेपछि प्रधानमन्त्रीले खुलाउने प्रयास थालेका हुन् । आजको बैठकमा भोलि फेरि बैठक बस्ने सहमति भएको छ । नेताहरु भोलिको बैठकबाट सहमति जुट्नेमा आशावादी छन् ।

तर, आ–आफ्ना अडानबाट उनीहरु ब्याक भएका छैनन् ।आजको बैठकमा सत्तापक्षले सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुपर्नेमा जोड दिएको थियो । बैठकको सुरुमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अनुसन्धानको बारेमा व्रिफ गरेका थिए ।‘हामीले कतै कसैलाई छोडेका छैनौं, समिति बनाउँदा सीआईबीको अहिलेको स्पिरिटलाई पनि अप्ठेरो पर्न सक्छ’, बैठकमा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीआईबीमाथि सरकारले कुनै पनि दबाब नदिएको बताए । ‘हामीले यसलाई समात, त्यसलाई नसमात भन्ने खालको कुनै दबाब दिएका छैनौं । जो जो तानिन्छन्, तानिन्छन् भनेर सीआईबीलाई स्वतन्त्र काम गर्न दिएका छौं । सकेसम्म सीआईबीको अनुसन्धानलाई कमजोर नबनाऔं’, बैठकमा दाहालले भने ।समिति बनाउने भए नेपालमा भएका अन्य भ्रष्टाचारका घटनालाई पनि समेटेर बनाउन सकिने उनको भनाइ थियो ।रास्वपा सभापति रवि लामिछानेले सदन जसरी पनि खुलाउनुपर्नेमा जोड दिए । देशमा छलफल गर्नुपर्ने अरु धेरै मुद्दाहरु रहेको भन्दै सदन यसरी बन्धक बन्नु नहुनेले उनले बताए ।

‘जसरी पनि भोलि सहमति जुटाएर पर्सिबाट सदनको नियमित बैठक सुचारु हुनुपर्छ’, लामिछानेले भनेका थिए ।बैठकमा एमालेका तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी उपस्थित थिए ।

उनीहरुले पार्टीमा थप छलफल गरेर भोलिको बैठकलाई निर्णायक बनाउन प्रयास गर्ने बताए ।बैठकपछि रास्वपा सभापति रवि लामिछानेले बैठक सकारात्मक रहेको भन्दै भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन् ।उनले भने, ‘हाम्रो लाइन समिति बन्नसक्छ भने बनाउँदा पनि फरक परेन । नबन्दा पनि सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छ । त्यसैले संसद खुलाउनुर्छ भन्ने हाम्रो माग हो ।

त्यसबारेमा भोलिको बैठकमा कुनै न कुनै सहमति हुनसक्छ । यस्तै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले पनि संसद खोल्ने विषयमा सकारात्मक छलफल भए पनि एमाले अध्यक्ष केपी शर्मा ओली नआएकाले भोलिका लागि बैठक राखिएको बताए । नेता पाण्डेले भने, ‘संसदको अवरोध हटाउनुपर्छ भनेर सबै दल सहमत हुनुहुन्छ । त्यहीअनुसार बैठक अघि बढेको छ । ओली पनि आएपछि भोलिको बैठकबाट केही निष्कर्ष निस्कनसक्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group