ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी प्रदेश : उपसभामुख अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत लिन कठिन


एबीसी न्यूज
४ भदौ २०८०, सोमबार   ८ : ४६   बजे

काठमाडौ भदौ ४ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत लिने प्रक्रिया थप जटिल हुने देखिएको छ । सभामुखको समेत जिम्मेवारीमा रहनुभएकी उपसभामुख सिर्जना दनुवार आजको बैठकमा अनुपस्थित भएमा मुख्यमन्त्री थापालाई विश्वासको मत जुटाउन कठिन हुनेछ ।कोशी प्रदेशको सरकार बनाउने र ढाल्ने जोडघटाउमा उपसभामुख दनुवारको उपस्थिति र अनुपस्थिति सङ्ख्यात्मक हिसाबले अर्थपूर्ण हुनेछ ।

उपसभामुख दनुवार वा प्रतिपक्षी दलले प्रदेशसभाको अध्यक्षता गरिदिने अवस्थामा मात्रै मुख्यमन्त्री थापाले विश्वासको मत पाउन सक्ने अङ्क गणितीय जटिलता छ । यसअघि मुख्यमन्त्री बन्नका लागि थापाले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेको र अर्को पटक मुख्यमन्त्री बन्न सभामुखलाई नै राजीनामा गराएको कोशीमा विपक्षी गठबन्धनले थापालाई विश्वासको मत पाउनबाट रोक्न ठूलो सङ्ख्यामा सांसद अनुपस्थित गराउने तयारी गरिसकेका छन् ।एमालेले उपसभामुख सिर्जना दनुवारलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेश सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मन्त्रीमा नियुक्त गरेको थियो ।

तर मुुख्यमन्त्री थापालाई रोक्न एमाले र राप्रपाले मण्डल पछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई सभाको अध्यक्षता गर्ने अवस्था सिर्जना गर्न लागेका छन् ।आज दिउँसो १ बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका ७ र राप्रपाका एक प्रदेशसभा सदस्यले उपस्थित हुन नसक्ने सूचना हिजो नै उपसभामुखलाई दिएका छन् । उपस्थित हुन नसक्ने सूचना दिनेहरुमा एमालेका रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी तथा राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा रहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनसँग ४७ मत मात्र छ ।सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नु परे थापाले विश्वासको मत पाउन सक्नुहुन्न । प्रदेशसभा नियमावली अनुसार बैठकको अध्यक्षता गरेका व्यक्तिले कुनै पनि प्रस्तावमा बराबर मत भएको अवस्थामा मात्र मतदान गर्न सक्ने व्यवस्था छ । विपक्षी सांसद अनुपस्थित भएपछि बराबर मत हुने सम्भावना रहँदैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group