ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीले लुम्विनी, कर्णाली र कोशी प्रदेशको तीन महिने अभियानका नेताहरु तोक्यो, को कहाँ खटिए ? (पूर्ण पाठ)


ABC NEWS
४ भदौ २०८०, सोमबार   १ : १७   बजे

काठमाडौं ४ भदौ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ नामक तीन महिने अभियानका लागि लुम्बिनी, कर्णाली र कोशी प्रदेशमा नेताहरूको जिम्मेवारी तोकेको छ । पार्टीले स्थायी समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र प्रदेश सदस्यहरूको कार्य विभाजन गरेको महासचिव देब गुरुंगले बताए ।

लुम्बिनीमा पालिकासम्मको जिम्मेवारी (सूचीसहित)लुम्विनी प्रदेशमा साउन ३२ गते केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराको रोहबरमा बसेको प्रदेशको बैठकले जिम्मेवारी तोकेको हो ।

जसअनुसार रोल्पा जिल्ला इन्चार्जमा पूर्णबहादुर घर्ती, रुकुम पूर्वमा कमला रोक्का, बर्दियामा पूर्णकुमारी सुवेदी, बाँकेमा कुलप्रसाद केसी, दाङमा जयपुरी घर्ती इन्चार्ज तोकिएका छन् । त्यस्तै प्युठानमा निर्मल आचार्य, गुल्मीमा जोगबहादुर महरा, अर्घाखाँचीमा वामदेव क्षेत्री, पाल्पामा कृष्णध्वज खड्का, नवलपरासीमा हरि कुल्लाह खाँ, रुपन्देहीमा गणेशमान पुन र कपिलबस्तु इन्चार्जमा महेश्वर गहतराज अथक तोकिएका छन् ।

कोशी प्रदेश
CC-karebivajan-Pradesh-no.-1

माओवादीले कोशी प्रदेश इन्चार्जको जिम्मेवारी चक्रपाणि खनाललाई तोकेको छ। खनालकै संयोजनमा १० सदस्य प्रदेश सचिवालय गठन भइसकेको छ ।

जसमा अनुशासन आयोगका अध्यक्ष टंक राई, लेखा आयोगका अध्यक्ष पेशल खतिवडा, सावित्रीकुमार काफ्ले, अजम्बर राई काङमाङ, धर्मशिला चापागाई, सुरेशकुमार राई, ईन्द्रबहादुर आङबो, शिवकुमार मण्डल, हर्कबहादुर नेम्वाङ सदस्य रहेका छन् ।

यसैगरी १४ वटा जिल्ला रहेको कोशीको इन्चार्जहरूमा ताप्लेजुङमा सिता थेबे, पाँचथरमा भलकसिंह दर्लामी, इलाममा कुलप्रसाद साम्वा, झापामा राजेन्द्र कार्की, मोरङमा समिता कार्की, विराटनगर महानगरमा दुर्गाप्रसाद चापागाई, सुनसरीमा मणी खम्बु किराँती, तेह्रथुममा खेलप्रसाद बुढाक्षेत्री, धनकुटामा प्रदेश सचिवालय र संखसवासभामा हेमकुमार राई तोकिएका छन् ।

त्यस्तै भोजपुरमा शिवबहादुर बस्नेत, खोटाङमा चम्पा कार्की, सोलुखुम्बूमा एकचन्द्र बराल, ओखलढुंगामा धिरेन्द्र शर्मा र उदयपुरमा धनमाया विक। इन्चार्ज तोकिएका छन् ।

केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्यहरू, केन्द्रीय सल्लाहाकार सदस्यहरू, केन्द्रीय परिषद सदस्यहरू र केन्द्रीय विभाग सदस्यहरूको सम्बन्धित जिल्ला पालिका–वडाको अभियानमा जोडिने गरी कार्य विभाजन गरिएको छ ।
कर्णाली

कणाली प्रदेशमा साउन ३० गते प्रदेश इन्चार्ज तोकिएका पार्टी उपमहासचिव मातृका यादवको उपसिथतिमा बसेको बैठकले जिल्ला र पालिका इन्चार्जहरूको कार्य विभाजन टुङ्गो लगाएको हो ।

१० वटा जिल्ला रहेको कर्णाली प्रदेशमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, मुगुको गोमा गौतम कुँवर, जुम्लाको छिमि लामा, कालिकोटको टेकबहादुर बस्नेत र दैलेखको गोपाल शर्मा इन्चार्ज छन् ।
https://drive.google.com/file/d/1RlLLmsWrkumSWLkou8kkkUF6ThR1mgFN/view

यसैगरी सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इन्चार्ज रहेका छन्, सोही जिल्लामा पूर्वमन्त्री बिन्दामान बिष्ट केन्द्रीय सदस्यको रूपमा रहेका छन् ।

त्यस्तै जाजरकोटमा बसन्त शर्मा, सल्यानमा नरेश भण्डारी, रुकुममा गगन खड्का र डोल्पामा नरबहादुर बिष्ट इन्चार्ज तोकिएका छन् ।

साउन ९१७–२१०सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तरजिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो ।

यसैगरी प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिकाको जिम्मेवारीसमेत टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group