ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालको विजय सुरुवात


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   २ : ५६   बजे

काठमाडौं, ५ साउन । अलराउण्डर सिता राना मगर र सम्झना खड्काको उत्कृष्ट प्रर्दशनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि२० आई खेलमा विजयी सुरुवात गरेको छ।

हङकङले दिएको ८५ रनको सामान्य लक्ष्य नेपालले १५।५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
सम्झना कुमारी खड्का ३६ सीता राना मगर ३ रनमा नटआउट रहे। सम्झना ३६ बलमा ५ चौका हान्दै ३६ रनको योगदान दिइन्।

ओपनर पुजा महतोले १६ रनको योगदान दिईन्। नेपाली राष्ट्रिय महिला टोलीमा डेब्यु गरेकी पुजाले एक विकेट समेत आफ्नो नाममा गरिन्।

अर्की ओपनर बिन्दु रावल शुन्उ रनमा नै एलबीडब्लु धरापमा परिन्। इन्दु बर्मा ९ रजमा बोल्ड आउट भइन्।

रुविना क्षत्री वेलबासेले १० रन बनाउँदा बोल्ड आउट भइन्।

त्यसअघि वायोमास ओलल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १९।१ ओभरमा ८४ रन बनाउँदा अलआउट भयो।

हङकङकी यास्मिन दासवानी ६ रन बनाउँदा पुजा महतोको हातबाट बोल्ड आउट भइन्। अलराउण्डर पुजाले डेब्यु खेलमा नै विकेट लिएकी छिन्।

मारिको तविथा ओटा ६ रन बनाउँदा कविता विकको बलमा सीता रानाको हातबाट क्याच आउट भइन्। सिंगयान डोरोथिया चान १६ रन बनाउँदा सिता रानाको बलमा कविता विकले क्याच आउट गराउँदै पवेलियनको बाटो देखाइन्। सीताले नै का मन चाङलाई शुन्य रनमा तथा शान्जिन शहजादलाई २ रनमा एलबीडब्लु धरापमा पारिन्।

सीताले नै रुचिथा भेन्काटेसलाई १ र बिबि मर्यामलाई ९ रनमा एलबीडब्धु धरापमा पारिन्।
का यिङ चान ३४ रन बनाउँदा कप्तान रुविना क्षत्रीको हातबाट आउट भईन्।

नेपालका लागि सीता राना मगर एक्लैले ५ विकेट लिईन्। सिताले ४ ओभरमा १६ रन खर्चेर पाँच विकेट लिएकी हु्न्।

इन्दु बर्माले दुई विकेट झारिन्। रुविना क्षत्री, पुजा महतो र कविता कुवँरले समान एक विकेट लिए।

सिरिजको दोस्रो खेलमा नेपालले भोलि बुधबार कुवेतसँग खेल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group