ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामना


एबीसी न्यूज
५ भदौ २०८०, मंगलबार   ५ : ११   बजे

काठमाडौं, ५ साउन ।  राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन्। राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित भेटघाटमा उनले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिएका हुन्।

‘यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा संलग्न खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिन चाहन्छु,’ राष्ट्रपति पौडेलले भने, ‘यस प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा हुने नेपालको सहभागिताले खेलाडीलाई आफ्नो व्यक्तित्व निर्माण गर्ने अवसरसहित नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन तथा राष्ट्रको प्रतिष्ठा एवं गरिमा बढाउन योगदान दिनेछ।’

नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षण र यस खेलमा पछिल्लो समय हासिल गरेको प्रगतिले सम्पूर्ण नेपालीलाई उत्साहित बनाएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसलाई अझ परिणाममुखी बनाउन सरकारले खेलजगतका लागि स्वदेशमा उपयुक्त अवसर र पूर्वाधार निर्माण गरी प्रशिक्षण तथा प्रतियोगितालाई तीव्रता दिनुपर्ने बताए।

‘विश्व क्रिकेटमा भारत र पाकिस्तानजस्ता ठूला क्रिकेट टोलीसँग खेल्ने अवसर नेपाली टोलीका लागि थप उत्साहको विषय हो। उत्कृष्ट खेल प्रदर्शन र परिणाम निकाल्न तपाईंहरूको अहोरात्रको मिहिनेत र परिश्रम सफल होस्,’ राष्ट्रपति पौडेलले सफलताको शुभकामना दिँदै भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group